संगालोखबर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ बटरबारीमा सामा चकेवा उत्सव भव्यरूपमा सम्पन्न भएको छ । ‘विश्व शान्तिका लागि धर्म संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ महिला समूहले उत्सव आयोजना गरेको हो ।

धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यसहित सामा चकेवा उत्सव आयोजना गरिएको महिला समूहकी अध्यक्ष मीनादेवी यादवले जानकारी दिइन् ।

Advertisement

महिलाहरू एकजुट भएर आफ्नो मौलिक संस्कृति संरक्षणमा जुट्न पाउँदा खुसी लागेको उनले बताइन् । मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा महिला, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!