
धनकुटा । धनकुटामा एक व्यक्तिले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । चौबिसे गाउँपालिका-२ टोड्केका ४२ वर्षीय हिमालध्वज लिम्बूले आफ्नै पेटमा खुकुरी प्रहार गरेका हुन् ।
‘उनले आफैँले पेटमा खुकुरी हानेको भन्ने जानकारी प्राप्त भएको छ’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले संगालोखबरसँग भने, ‘अहिले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।’
उनको अवस्था सामान्य नै रहेको डीएसपी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार उनी करिब २ बजे कसैलाई जानकारी नगराई घरबाट निक्लिएका थिए ।
आज बिहान करिब ७ः४५ बजे घरबाट करिब एक किलोमिटर पूर्वमा रहेको स्थानीय हर्क लिम्बूको आँगनमा पेटमा चोट लागेर घाइते भएको अवस्थामा उनी भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















