संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको रंगेलीमा निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । रंगेली नगरपालिका-५ बगुवानका १८ वर्षीय अभय सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ७ः२० बजे आफ्नै निर्माणाधीन एकतले घरको छतमा पानी हालिरहेको बेला नजिकै रहेको ११ हजार भोल्टको विद्युत् तारबाट उनलाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याइएकोमा चिकित्सकले बिहान ८ः३० बजे मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!