
धनकुटा । धनकुटा र पाँचथरको सीमावर्ती क्षेत्रमा पर्ने नावा खोलाको बाढीमा आज यात्रुबाहक बस फसेको छ । ताप्लेजुङबाट तमोर करिडोरको बाटो हुँदै काठमाडौँ जाँदै गरेको बस अपरान्ह खोला तर्ने क्रममा बिचमा फसेको हो ।
बस फसेपनि यात्रुहरूलाई सकुशल उद्धार गरेर निकालिएको प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले खोलामा बाढी उर्लिएको छ । जसका कारण तमोर करिडोरमा सवारी आवतजावत अवरुद्ध छ ।
नावा खोलामा पुल नभएकाले बाढी आउँदा सवारी आवतजावत अवरुद्ध हुने गरेको छ ।

संगालोखबर 
























