
विराटनगर । विराटनगरका विभिन्न पेट्रोल पम्पमा अनुगमन गरिएको छ । सोमबार गरिएको अनुगमनमा शनिमन्दिरको पूर्वाञ्चल सप्लायर्समा कैफियत भेटिएपछि अन्य पेट्रोल पम्पमा पनि आज अनुगमन गरिएको हो ।
गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयसहितका प्रतिनिधिको उपस्थितिमा आज चार वटा पेट्रोल पम्पमा अनुगमन भएको छ । पेट्रोल पम्पमा उपभोक्ताले खरिद गर्ने इन्धनको परिमाण र वितरण प्रणालीबारे अनुगमन गरिएको हो ।
उपभोक्ताको गुनासोपछि अनुगमनलाई तीव्र पारिएको गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले जानकारी दिए । ‘विवरण लिएर अनुगमन टोली फर्किएको छ’, उनले भने, ‘अनुगमनका क्रममा पाइएको कैफियत केहिबेरमा जानकारी हुन्छ ।’

संगालोखबर 













