मोहन ढकाल/संगालोखबर


विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा प्रतिनिधि सभा अन्तरगत २८ वटा निर्वाचन क्षेत्र छन् । हालै सम्पन्न निर्वाचनमा २८ क्षेत्रमध्ये १७ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयी हासिल गरेको छ ।

नेकपा एमाले, नेपाली काँग्रेसको गढ मानिने क्षेत्रमा पनि रास्वपाले फराकिलो अन्तरले जित हासिल गरेको छ । यस्तै एमालेले ४, काँग्रेसले ४ र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । कोशीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रत्यक्षमा एक सिट पनि जित्न सकेन ।

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् । उनले १३ हजार ९६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २ हजार २५१ छ ।

ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेल प्रसाद बुडाक्षेत्री ६ हजार ७७५ मत ल्याउँदै तेस्रो भए भने  श्रम संस्कृति पार्टीका सन्तोष राई ५ हजार २०९ मतका साथ चौथो भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाउँदा उज्यालो नेपाल पार्टीका किर्तिमान मादेनले २३२ मत मात्रै प्राप्त गरे । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । जसमध्ये ३ जनाले सय मत पनि कटाउन सकेनन् । पाँच जना उम्मेदवारले २५० मत कटाउन सकेनन् । ताप्लेजुङमा ४६ हजार ४ सय ७४ मत खसेको थियो ।

पाँचथरमा नेपाली काँग्रेसका नरेन्द्र कुमार केरुङ १७ हजार २३३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २ हजार ४९९ छ ।

पाँचथरमा नेकपा एमालेका अइन्द्र सुन्दर नेम्वाङ तेस्रो भए । नेम्वाङले १४ हजार ५३४ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हर्कबहादुर नेम्वाङले ११ हजार ४४३ मत प्राप्त गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महेन्द्र विक्रम थाम्सुहाङले ४ हजार १९७ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २ हजार ८२५ मत प्राप्त गरे । एउटामात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

इलाममा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । इलाममा दुई वटा निर्वाचन क्षेत्र छन् । इलाम–१ बाट नेपाली काँग्रेसका निष्कल राई १४ हजार ५४३ मत प्राप्त गर्दै विजयी हुँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरे ।

उनीहरूबीचको मतान्तर ९११ छ । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत पाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रनबहादुर राईले ७ हजार ६६५ मत पाए । इलाम–१ मा १३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ २२ हजार ४२६ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ७ हजार ७७६ छ ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४००, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल बहादुर राईले ७ हजार ८१४ र नेकपाका ओमबहादुर गुरुङले १ हजार १७२ मत प्राप्त गरे । इलाम–२ मा १४ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

झापामा ५ निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । झापा–१ मा रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत पाए । उनीहरूबीचको मतान्तर ३५ हजार १३० छ ।

यस्तै श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउँदा नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हेमराज कार्कीले १ हजार ६१२ मत पाए । झापा–१ म १५ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

झापा–२ मा रास्वपाकै इन्दिरा रानामगर ६० हजार ११० मत प्राप्त गर्दै निर्वाचित हुँदा नेकपा एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ४८ हजार ७४२ छ । यसअघि घिमिरे सभामुख र रानामगर उपसभामुख थिए ।

श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१ म्त पाउँदा नेपाली काँग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६ मत पाइन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ३ हजार ९६६ मत ल्याउँदा नेकपाकी धर्माशिला चापागाईँले १ हजार ११५ मत पाइन् । यस क्षेत्रमा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

झापा–३ मा रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मतका साथ निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राए । उनीहरूबीचको मतान्तर २१ हजार ३८० छ ।

यस्तै नेपाली काँग्रेसका राजेन्द्र कुमार घिमिरेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृतिका दिपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले १ हजार ४५० मत पाए । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

झापा–४ मा रास्वपाकै शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतका साथ विजयी हुँदा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३१ हजार ६४५ छ । यस्तै काँग्रेसका देउमान थेवेले ९ हजार ४ सय ३४ मत ल्याउँदा श्रम संस्कृति पार्टीकी अमृतादेवी राई ७ हजार १ सय ६१ मत पाइन् ।

यस्तै कोशी प्रदेश सांसद छाडेर चुनावी मैदानमा होमिएका राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत पाउँदै पाँचौ हुँदा नेकपाका पुरुषोत्तम चुडालले १ हजार ३६२ मत प्राप्त गरे । यस क्षेत्रमा १६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

यसपटकको निर्वाचनमा सबैभन्दा सर्वाधिक चर्चामा आएको झापा–५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मत पाउँदै निर्वाचित हुँदा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १८ हजार ७३४ मत ल्याउँदै पराजित भए । उनीहरूबीचको मतान्तर ४९ हजार ६१४ छ । ओली यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका थिए ।

यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले९ हजार २३३, काँग्रेसकी मंधरा चिमरियाले १ हजार ८२१, राप्रपाका लक्ष्मी प्रसाद संग्रौलाले १ हजार ५३६ र नेकपाका रन्जित तामाङले १ हजार ४६१ मत पाए । यस क्षेत्रबाट २४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की १५ हजार ६३६ मत ल्याएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ६३६ छ ।

यस्तै नेपाली काँग्रेसका दिपन कुमार श्रेष्ठले १३ हजार २७१, श्रम संस्कृतिकी उमा कुमारी राईले ९ हजार ८५७, नेकपाकी सरिता थापाले २ हजार ८१२ र राष्ट्रिय परिवर्तन पार्टीका घनश्याम वालिङ राईले १ हजार ३५२ मत प्राप्त गरे । एउटामात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा १६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

तेह्रथुममा नेपाली काँग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुँदा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ८७९ छ । मोरङ–३ बाट चुनाव लड्दै आएका ढकालले यसपटक गृहजिल्ला रोजेका थिए । २०७९ को निर्वाचनमा पनि ढकाल मोरङ–३ बाट काँग्रेसका सुनिल शर्मासँग पराजित भएका थिए ।

यस्तै रास्वपाका सुरेन्द्र कार्कीले ७ हजार ७३७, श्रम संस्कृतिका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० र नेकपाका रनध्वज लिम्बुले ९१९ मत प्राप्त गरे । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा १२ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई १६ हजार ६६३ मत ल्याएर निर्वाचित हुँदा एमाले सचिव शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १ हजार ९१३ छ ।

यस्तै काँग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, रास्वपाका रमेश प्रसाद ओझाले ६ हजार १०२ र नेकपाका अजम्बर राई काङमाङले ५ हजार ७२८ मत प्राप्त गरे । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा १२ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

धनकुटामा नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई १८ हजार १३२ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३ हजार ८७५ छ ।

यस्तै श्रम संस्कृतिका सानबहादुर राईले ११ हजार ९३२, रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४, नेकपाका धर्मराज पौडेलले १ हजार ६६५ र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले १ हजार १८१ मत प्राप्त गरे । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

मोरङका ६ वटै क्षेत्रका रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ ।  मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत ल्याइन् । उनीहरूबीचको मतान्तर ९ हजार ८४५ छ ।

यस्तै काँग्रेसका खड्ग बहादुर फागोले ११ हजार ९८६, एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३ र नेकपाका कुलप्रसाद साम्बाले २ हजार २२४ मत प्राप्त गरे । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिलिपकुमार अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २५ हजार ३०० छ ।

यस्तै काँग्रेसका मीनेन्द्र रिजालले १२ हजार ७६४, श्रम संस्कृतिका अबुहो रैरहले १ हजार ८२२ र नेकपाका चन्द्रवीर राईले १ हजार ३३६ मत पाए । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

मोरङ–३ मा रास्वपाका गणेश कार्की ३६ हजार ९२४ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

शर्माले २४ हजार ३ सय ५४ मत पाए भने श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरे । यस्तै एमालेका इरन कुमार राईले ७ हजार ७५२ र नेकपाका डा. देउमान सम्वाहाङफेले १ हजार २५९ मत प्राप्त गरे । यस क्षेत्रमा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई उनले २८ हजार १५ मतान्तरले पराजित गरे । घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे ।

यस्तै नेकपाका अमनलाल मोदीले १० हजार ७६२, एमालेका जीवन घिमिरेले ६ हजार ९३३, राप्रपाका माधव प्रसाद आचार्यले १ हजार १६३ र श्रम संस्कृतिका कृष्ण कुमार अटलले १ हजार १ मत प्राप्त गरे । यस क्षेत्रमा १९ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

मोरङ–५ मा रास्वपाकी आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । उनीहरूबीचको मतान्तर २१ हजार १९ छ ।

यस्तै जनता समाजवादी पार्टी, नेपालका राजकुमार यादवले ८ हजार ७४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६१४, एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय उर्जाशिल पार्टी, नेपालका योगेन्द्र मण्डलले ४ हजार १९९ मत प्राप्त गरे । योगेन्द्रले २०७९ को निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए ।

मोरङ–६ मा रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस नेता डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ४२ हजार ६६३ छ ।

एमालेका बिनोद ढकालले ८ हजार ३१७, श्रम संस्कृतिका मातृका पौडेलले ३ हजार ४००, राप्रपाका सविन निरौलाले २ हजार ९२ र नेकपाका ओपेन्द्र कुमार रायले १ हजार ७१६ मत प्राप्त गरे । यस क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र छन् । ४ क्षेत्रमध्ये एउटामा श्रम संस्कृति पार्टी र ३ वटामा रास्वपाले जित हासिल गरेको छ । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । धरान उपमहानगरपालिकाको प्रमुखबाट राजिनामा दिएर चुनावी मैदानमा होमिएका साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । उनीहरूबीचको मतान्तर ८ हजार ४९२ छ ।

नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले ६ हजार १८५ र काँग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरे । यस क्षेत्रमा २६ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

सुनसरी–२ मा रास्वपाका लालविक्रम थापा ५७ हजार ३४८ मतसहित निर्वाचित हुँदा  निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ४१ हजार २७७ छ ।

यस क्षेत्रबाट एमालेका सुजन लामाले ८ हजार ३०३, श्रम संस्कृति पार्टी चेतन राईले ७ हजार ४८४ र नेकपाकी रामकुमारी चौधरी १ हजार ८१६ मत प्राप्त गरे । यस क्षेत्रमा २८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

सुनसरी–३ मा रास्वपा अशोक कुमार चौधरी ४७ हजार ४२१ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २६ हजार ९२० छ । चौधरी यसअघि समानुपातिबाट सांसद बनेका थिए ।

यस्तै एमालेकी भगवती चौधरीले भने १५ हजार ८३, श्रम संस्कृतिका राप्रसाद सदाले १ हजार ७८० र नेकपाका दुर्गेश कुमार चौधरीले १ हजार ५५१ मत प्राप्त गरे । यस क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

सुनसरी ४ मा रास्वपाका दीपककुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित हुँदा  काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत पाए । उनीहरूबीचको मतान्तर २६ हजार १ सय ८४ छ । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार ६३१, नेकपाका महम्मद महफुज अन्सारीले ३ हजार ४३२ र श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७६३ मत पाए । यस क्षेत्रमा ३३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

सोलुखुम्बुमा नेपाली काँग्रेसका प्रकाश सिंह कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपाका अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३ हजार ७५२ छ । यस्तै एकालेकी कल्पना राईले ८ हजार २२८, रास्वपाका ऋषिधन थुलुङ राईले ३ हजार ६४२ र श्रम संस्कृतिका वियस राईले ३ हजार ३६३ मत प्राप्त गरे । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा १२ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत ल्याएर निर्वाचित हुँदा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ३ हजार ८९८ छ । यस्तै काँग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेकपाका हरि रोकाले ९ हजार ४४३ र रास्वपाका रुद्र गिरीले ५ हजार ७०४ मत पाए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कुमार लुईँटेलले १३ हजार ९४८ मत ल्याए । उनीहरूबीचको मतान्तर जम्मा ५ छ । यस्तै नेकपाका अम्विरबाबु गुरुङले ११ हजार २९६, एमालेकी अस्मिता थापाले १० हजार ७२० र श्रम संस्कृतिका उद्धव कुमार राईले ३ हजार ८५८ मत पाए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

उदयपुरमा २ वटा निर्वाचन क्षेत्र छन् । २ वटै क्षेत्रमा रास्वपाले विजयी हासिल गरेको छ । क्षेत्र नम्बर १ मा रास्वपाका पारशमणि गेलाल ३० हजार ५९० मत ल्याएर विजयी हुँदा श्रम संस्कृतिका राजेश कुमार राईले ११ हजार ६०६ मत ल्याए । उनीहरूबीचको मतान्तर १८ हजार ९८४ छ ।

यस्तै नेकपाका बलदेव चौधरीले १० हजार २१, काँग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ र एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरे । यस क्षेत्रमा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

क्षेत्र नम्बर २ मा रास्वपाकै सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी एमालेका अम्बर बहादुर रायमाझीले ७ हजार ६४८ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ७ हजार १५४ छ ।

यस्तै काँग्रेसका रामकुमार राईले ७ हजार २९०, नेकपाका सुरेश कुमार राईले ५ हजार १९७ र श्रम संस्कृतिका बलराज राईले ४ हजार १३९ मत प्राप्त गरे । यस क्षेत्रमा १३ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!