संगालोखबर


विराटनगर । आज तराई-मधेशका जिल्लामा होली पर्व मनाइँदैछ । हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात फागु पर्व मनाउने गरिन्छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ । तराईमा होली मनाउने दिन आज सार्वजनिक बिदा छ ।

Advertisement

आत्मीयता र आफन्तसँग घरभित्रै होली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, जाँडरक्सी नखान तथा ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले आग्रह गरेका छन् ।

प्रशासनले निर्वाचनको मौन अवधि सुरु भएकाले घरमै सीमित भएर होली पर्व मनाउन आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!