
विराटनगर । रामेछापमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोसी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
उद्धार गरेर अस्पताल लगिएका ११ जनामध्ये पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उद्धार गरिएका अन्य ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए खुल्न बाँकी छ ।

संगालोखबर 













