
विराटनगर । काठमाडौंबाट ओखलढुंगा आउँदै गरेको गरेको यात्रुबाहक बस मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा खसेको छ । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू उद्धार कार्यमा जुटेका छन् । दुर्घटनाग्रस्त बसमा कति जना यात्रु सवार थिए खुल्न बाँकी छ ।
‘१० जना बढीलाई उद्धार गरेर अस्पताल पठाएका छौं’, रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिमल्सिनाले संगालोखबरसँग भने, ‘अहिले उद्धारको कार्य जारी छ ।’
उनका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको छ । थप विवरण आउन बाँकी छ ।

संगालोखबर 














