संगालोखबर सम्पादकीय


विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको दुई लाख ५० हजार भारुसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २५ वर्षीय मनिष यादव छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शङ्का लागेर चेकजाँच गर्दा पाँच सय दरका भारतीय नोट पाँच सय थान फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

उनले बरामद नोटहरूको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!