
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण सरकारले सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको भनाइ छ ।
जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनासहित १९ जनाले ज्यान गुमाएका छन् ।

संगालोखबर 













