संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट १६ र एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो ।

नेपाली काँग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास र नेकपा माओवादी केन्द्रबाट नमो नारायण माझीले मनोनयन दर्ता गराएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास खवास र जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट पर्शुराम विश्वास थारू, मङ्गोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादी पार्टीबाट दिलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका छन् ।

यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामराज पौडेलले जानकारी दिए ।

यसैगरी नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेले टिकट नदिएपछि असन्तुष्ट बनेका उनले बागी उम्मेदवार दिएका हुन् । मनोनयन दर्ताका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

उम्मेदवारी दर्ता गर्न दलहरूले तामझामका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।

नामावली

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!