संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि ग्रामथानमा कार्यालय स्थापना गरिएको हो ।

Advertisement

मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले कार्यालय स्थापनासँगै सर्वदलीय छलफल गरेका छन् । छलफलमा राजनीतिक दलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंसिर दुई गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । मनोनयन दर्ता बिहान १० बजेबाट सुरु हुने भट्टराईले जानकारी दिए । निर्वाचन आचारसंहिता र मनोनयन दर्ताका लागि आवश्यक जानकारी समेत गराइएको थियो ।

काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् ।

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!