संगालोखबर
फाइल फोटो

विराटनगर । पाँचथरमा पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको छ । फिदिम नगरपालिका-४ चिसापानीमा घर माथिबाट खसेको पहिरोमा परेर २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य तीन जनाले भने भागेर ज्यान जोगाएका छन् । पहिरो बिहान साढे तीन बजे तिर खसेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएको अवस्थामा आमा–छोरीको शव बाहिर निकालिएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ

Advertisement

यो पनि-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!