मोहन ढकाल/संगालोखबर


विराटनगर । लगातारको वर्षाले विराटनगरको एयरपोर्ट रोड जलमग्न भएको छ । हिजो बिहानदेखि निरन्तर परेको पानीका कारण विराटनगरका धेरै स्थान जलमग्न भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा विराटनगरमा १४१.१ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण देशैभरका नदीको जलसतह बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले केहिदिन निरन्तर वर्षा हुने विभागले उल्लेख गरेको छ ।

यो प्रणाली सोमबारबाट भने कमजोर हुँदै जाने छ । अहिले विराटनगरसहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!