संगालोखबर

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको बसबाट २० जना यात्रुलाई उद्धार गरेर बाहिर निकालिएको छ । प्रहरी टोलीले उनीहरूलाई सकुशल उद्धार गरेर बाहिर निकालेको हो ।

Advertisement

घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे नदीमा खसेको हो । बस अनियन्त्रित भएर ब्यारेजको बार भत्काउँदै ३४ र ३६ नम्बर ढोकाको बीचबाट नदीमा खसेको थियो ।

बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । पानी कम भएको क्षेत्रमा बस खसेकाले ठूलो मानवीय क्षतिबाट जोगिएको छ । बस बाहिर निकाल्ने र अन्य यात्रु भए नभएको खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!