संगालोखबर


विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा मलामी लिएर फर्कँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

आज केहीबेर अघि प्रदेश १-०२-००१ ख ८२५३ को नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेलका नगरपालिका-५ घुम्नेबाट मलामी लिएर फर्किदै गरेको बस दुर्घटनामा परेको हो । 

Advertisement

दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि बेलका नगर अस्पताल र धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको इलाका प्रहरी कार्यालय कार्यालय रामपुरका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए । 

बसमा कति जना सवार थिए भन्ने बारेमा खुल्न बाँकी रहेको उदासले संगालोखबरलाई जानकारी दिए । घाइतेहरूको अवस्थाका बारेमा पनि जानकारी सङ्कलन भइरहेको उनको भनाइ छ । 

दुर्घटनाको कारण खुल्न बाँकी छ । चालक भने दुर्घटनापछि फरार भएको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।

अपडेट-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!