संगालोखबर

विराटनगर । नेकपा एमालेको उपाध्यक्षमा मोरङका गुरुप्रसाद बराल मनोनीत भएका छन् । काठमाडौँस्थित होटल बसेरामा आज बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । यसअघि पार्टी उपाध्यक्षको जिम्मेवारीमा सुवास नेम्वाङ थिए । उनको निधनपछि रिक्त पदमा बराललाई मनोनीत गरिएको हो । बराल यसअघि बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा थिए ।

Advertisement

इमान्दारी, लगनशीलता र निष्ठाको राजनीति गर्ने बराल एमालेको राजनीतिमा पाँच दशकयता सक्रिय छन् । २०४४ सालमा नेकपा माले मोरङको सचिव बनेका बरालले त्यसयता लगातार पार्टीका बिभिन्न कमिटीमा आवद्ध भएर काम गर्दै आएका छन् ।

२०४६ सालको जनआन्दोलनपछि नेता बराल एमाले मोरङको सचिव बनेका थिए । त्यसपछि २०४९ देखि लगातार पार्टीको केन्द्रिय कमिटीमा रहँदै आएका छन् । २०५२ सालमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा बिजयी भएका बराल पार्टीको १० औं महाधिवेशनबाट केन्द्रिय सदस्य हुँदै पार्टीको स्थायी कमिटी सदस्य बनेका थिए ।

केन्द्रिय सदस्यमा १७ जना मनोनीत 

यसैबीच, एमालेले विभिन्न जिल्लाको प्रतिनिधित्व गराउँदै १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीत हुनेमा कोशीका पाँचथर, झापालगायत जिल्लाका नेताहरू पनि छन् ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) छन् ।

त्यसैगरी, अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु), नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

यस्तै, मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।  एमालेले सल्लाहकार परिषद् सदस्य पनि मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर), खालितहुसेन हक (सुनसरी) मनोनीत भएका छन् ।

यसैगरी, पदमहरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोशी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत भएका छन् ।

यस्तै, शान्तकुमार ओली (रोल्पा), बिना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौँ), सर्वध्वज साँवा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्द केशर ढकाल (रुपन्देही), लक्ष्मीप्रसाद जोशी (डडेलधुरा), रामहरी सुवेदी (काभ्रे), सरस्वती पाटी (भक्तपुर) लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेले तोक्यो प्रदेश इन्चार्ज, कोशीमा शेरधन

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!