संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकुमार चेम्जोङ बिजयी भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार ५०३८ मतसहित एमाले उम्मेद्वार चेम्जोङ बिजयी भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलबहादुर मगरले ३९९१ मत ल्याएका छन् । माओवादी केन्द्रका मगरलाई १०४७ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमाले उम्मेदवार टंकमाया पाङ्मी मगर ४९८३ मतसहित बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बुले ३९८८ मत ल्याएका छन् ।

जसपाका लिम्बुलाई ९९५ मतान्तरले पराजित गर्दै एमालेकी मगर उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

यो पनि हेर्नुहोस्…

चौविसे गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित पाँच वडामा एमाले बिजयी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!