संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । तोलामा १ हजार ८ सय रुपैयाँले मूल्य घटेर सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

सोमबार तोलामा ९४ हजार ३ सयका दरले सुनको कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार १ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!