वि.सं. २०७३ साल फागुन १ गते। आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी १२ तारिख। नेपाल संवत् ११३७ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– द्वितीया, २९:१९ बजेउप्रान्त तृतीया।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

Advertisement

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउला। पशु र कृषिबाट सामान्य लाभ हुनेछ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। आफ्ना योजना तत्काल सार्वजनिक नगर्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले झमेला निम्त्याउन सक्छ। सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। मेहनतले बिस्तारै फाइदा दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अधैर्य व्यवहारले समस्या निम्त्याउनेछ भने बोलीमा संयम रहन सक्दा दोहोरो लाभ मिल्न सक्छ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। पठन–पाठनमा प्रगति हुनेछ। सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अरूलाई आकर्षित तुल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। तर तत्कालको लाभ उठाउँदा भविष्यमा नोक्सान हुने देखिन्छ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। साझेदारीमा पनि लाभ हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्।

 

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समाजमा तारिफयोग्य काम सम्पादन गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। तापनि मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुनेछ। तर आफ्नो मेहनतमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। स्वास्थ्यमा कमजोरीका साथै उपचारमा खर्च हुने योग छ। घरेलु समस्याले अलमल्याउला। हुलमुलमा धनमाल जोगाउन सचेत रहनुहोला।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। अरूको आश्वासनमाथि भरपर्दा धोका पाइनेछ। सम्बन्ध बिग्रने चिन्ताले सताउन सक्छ। रमाइलो जमघटको आनन्दबाट वञ्चित भइएला।

 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आलस्य गर्ने बानीले समस्या निम्त्याउला। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फलमाथि अरूले दाबी गर्न सक्छन्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सूचना बाहिरिने हुँदा समस्यामा पारिनेछ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नेपाली पात्रो 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!