रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले अमेरिकामा आप्रवासिको संख्या आधाभन्दा कम गर्नुपर्ने भन्दै संसदमा एक बिधेयक दर्ता गरेका छन् । ‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ ऐन नाम दिईएको उक्त विधेयकलाई संसदले पास गरेमा प्रति वर्ष ५० हजारका दरले अमेरिकाले प्रदान गर्दै आएको डिभि लट्री भिसा बन्द हुनेछ भने अमेरिकाले प्रति वर्ष जारी गर्ने करिब १० हजार ग्रीन कार्डलाई प्रभावित पार्नेछ ।

आप्रवासिमाथि कडा नियम लगाउन चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको समर्थन रहेको संसदमा दर्ता गरिएको उक्त बिधेयक पारित भए डिभि लट्रीको सुविधा पाएको नेपाललाई पनि प्रभाव पर्नेछ ।

Advertisement

‘यो बिधेयक पारित भए सबैभन्दा बढी भारतीय मुलका नागरिकहरू प्रभावित हुनेछन् । डिभी लट्रीको सुविधा प्राप्त गर्दै आएका मुलुकहरुलाई त प्रभाव पर्नेनै छ,’ अध्यागमन कानुनविद् डिल्ली भट्टले बताए ।

अमेरिकाले सन् सन १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि अमेरिकामा डिभी लट्रीलगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोवास प्रदान गर्दै आएको थियो ।

रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले संसदमा आप्रवासीलाई ग्रीनकार्डको सख्या घटाउनुपर्ने बिल पेस गरेपछि आप्रवासीले पाउँदै आएको ग्रीन कार्डको सख्यामा आधा कटौती हुने बताइएको छ । अहिले अमेरिकामा स्थायी वसोवास अनुमति पत्र निवेदन दिने १० जना मध्ये ७ जना ग्रिनकार्ड भएका आफन्त वा अन्य मुलका अमेरिकन नागरिकहरुका आफन्त रहने गरेको बिधेयकमा जनाइएको छ ।

दश वर्ष यता अमेरिकाले करिब ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको र त्यसले अमेरिकीहरुको रोजागारमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै आप्रवासीलाई ग्रिनकार्ड दिने प्रावधानलाई आधा घटाउनुपर्ने बिधेयकमा बताइएको छ ।

सिनेटमा बिधेयक पुर्‍याउने रिपब्लिकन सिनेटर टम कटनले बताएका छन् ‘अमेरिकाले हरेक वर्ष जारि गर्ने दश हजार ग्रीन कार्डलाई घटाएर ५ हजार बनाउनुपर्छ । यसले अमेरिकनहरूका लागि रोजगारीका थप अवसरहरु पैदा गर्नेछ ।’

कटनले अगाडि बताएका छन् ‘हामीले अष्ट्रेलिया र क्यानाडाको जस्तो कानुन बनाउन जरूरी छ । यसले अमेरिकन रोजगारलाई सुरक्षित बनाउँछ ।’

प्रस्ताव गरिएको नयाँ विधेयकमा अमेरिकामा रहेको आप्रवासी नागरिकले दाजु भाइ र दिदी बहिनीका लागि ग्रीनकार्डको आवेदन गर्न पाउने प्रावधानलाई बिस्तारै खारेज गर्नुपर्ने माग गरेको छ ।

अमेरिकाका नयाँ राष्ट्रपतिले कटौटी गर्ने भनिएको दक्ष कामदार भिसा सम्बन्धी भने बिधेयकमा कुनै कुरा उठाएको छैन । प्रस्तुत गरिएको नयाँ बिलमा भनिएको छ ‘अमेरिका भित्रै रहेका कानुनी हैसियत भएकाहरुको कार्यक्षमता बृद्धि गरेर अमेरिकनहरुको प्रतिब्याक्ति आय बढाउन सकिने छ। यसले अमेरिकाभित्र अमेरिकनहरुले काम नपाउने अवस्था कम हुँदै जान सक्नेछ ।’

वेधेयकमा शरणार्थीहरुका लागि निश्चित भिसा छुट्याउनुपर्ने बताइएको छ । अमेरिकाले सन् २०१५ मा संसारभरबाट ५० हजार डिभी लट्री मार्फत आप्रवासी भित्र्याएको थियो भने १ लाख २० शरणार्थी भित्र्याएको थियो । सन २०१८को डिभी लट्रीलाई भने यसले असर पार्ने छैन । सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!