संगालोखबर

विराटनगर । सुरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवाललाई मोरङ उद्योग व्यापार संघले कार्यक्रम आयोजना गरेर बिदाई गरेको छ । संघका अध्यक्ष अनिल कुमार साहसहित पदाधिकारी तथा सदस्यहरूले एसपी कटवाललाई बिदाई गरेका हुन् ।

Advertisement

एसपी कटवालसहित ६० जना एसपीहरुको एकैपटक सुरुवा भएको हो । जस अनुसार एसपी कटवाल अब प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षकको सचिवालय जानेछन् भने मोरङमा एसपी दिलिपकुमार गिरी प्रहरी प्रमुख भएर आउदैछन् । मोरङ आउन लागेका गिरी अपराध अनुसन्धान शाखा भोटाहिटीमा कार्यरत थिए ।

बिदाई कार्यक्रममा अध्यक्ष साहले संघसँग एसपी कटवालको सामिप्यता र मोरङ जस्तो संवेदनशील क्षेत्रमा उनले निर्वाह गरेको कुशल भूमिकाको प्रशंसा गरे । एसपी कटवालले मोरङ जिल्लामा कार्यरत रहँदा संघबाट हरबखत प्राप्त सहयोगको स्मरण गर्दै प्रशंसा गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उपाध्यक्ष संजय कुमार श्रेष्ठ, आमन्त्रित सदस्य श्रृति शर्मा लगायतले एसपी कटवाललाई बिदाई गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!