
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ४६ हजार एक सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा एक सय २० रुपैयाँ बढेर तीन हजार एक सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















