संगालोखबर

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले २० वटा अप्रेसन कक्षसहितको अत्याधुनिक मोडुलर ओटी निर्माण गरेको छ । बिरामीको शल्यक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अत्याधुनिक मोडुलर अप्रेसन थ्रीएटर निर्माण गरिएको हो ।

Advertisement

अस्पतालमा आज कार्यक्रम आयोजना गरेर अप्रेशन थ्रीएटरको उद्घाटन गरिएको छ । अस्पताल सञ्चालक डा.सुनिल शर्माका वुवा एवं अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, आमा होमादेवी न्यौपाने र छोरी एवं अस्पतालका बोर्ड सल्लाहकार सोइना शर्माले रिबन काटेर ओटी उद्‌घाटन गरेका छन् ।

आधुनिक प्रविधि, उच्चस्तरीय पूर्वाधार तथा बिरामीको सुरक्षित उपचारलाई प्राथमिकतामा राख्दै ओटी निर्माण गरिएको छ । जसले शल्यक्रियाका क्रममा आवश्यक स्वच्छता, संक्रमण नियन्त्रण तथा उपचारको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्नेछ ।

उद्घाटनपछि आजबाटै सोही अप्रेसन थ्रीएटरमा अप्रेसन सुरु गरिएको छ । मोडुलर ओटीमा शल्यक्रिया गर्न सहज हुनुका साथै शल्यक्रियापछि बिरामीलाई हुन सक्ने सङ्क्रमण न्यूनिकरण हुने चिकित्सकहरूको भनाई छ ।

अस्पतालको तेस्रो तलामा निर्माण गरिएको संयुक्त मोडुलर अप्रेसन थ्रीएटरसँगै नोबेलमा अरु पनि आधा दर्जन अप्रेशन थ्रीएटर छन् । न्यूरो विभागमा ३ वटा, प्रसुती विभागमा २ वटा र मुटु विभागमा क्याथल्याब पनि सञ्चालन भइरहेको छ ।

निजी क्षेत्रबाट सञ्चालित कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलले सेवा सुविधा विस्तार गरेर अस्पताललाई थप व्यवस्थित बनाउदै लगेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!