
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर तीन हजार ७५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















