
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुखलाई तोकेका छन् ।
कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई जिम्मेवारी तोकिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा आज जारी विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम उक्त कार्यभार तोकिएको हो ।


संगालोखबर 



















