संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । सुनसरीको देवानगन्ज गाउँपालिका-२ यादव टोलका ३२ वर्षीय पिन्टु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत सुनसरीले २०८१ मंसिर २५ गते गरेको फैसला अनुसार लागूऔषध मुद्दामा उनलाई २ वर्ष १० महिना कैद र २५ हजार जरिवाना सजाय निर्धारण गरेको थियो ।

Advertisement

उनलाई बुधबार घरबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । उनलाई थप सजाय भुक्तानका लागि कारागारमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!