काठमाण्डौ । सरकारले स्थानीय चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएको छ। विहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख अन्तिम सातादेखि जेठ १० भित्र चुनाव गर्नेगरी तयारी थाल्न आग्रहसहित पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

Advertisement

स्थानीय चुनावसम्बन्धी कानूनहरु तयार भइसकेकाले चुनावको तयारीमा जुट्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्थानीय तह पुनर्संरचना सम्बन्धी प्रतिवेदनका विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन उपसमिति गठन गरेको छ।

स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा आपूर्तीमन्त्री दीपक बोहोरा र उद्योगमन्त्री नविन्द्रराज जोशी सदस्य रहेको उपसमिति गठन गरेको छ। सदस्य सचिव भने स्थानीय विकासमन्त्रालयका सचिव रहनेछन् ।

यो समितिले दुई हप्ताभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। बैठकले शिशिरकुमार ढुंगानालाई सचिवमा बढुवा गर्ने र यमकुमारी खतिवडालाई कामू सचिवको जिम्मेवारी दिने निर्णय भएको छ।

यस्तै, चीनको गोन्जाओको महाबाणिज्य दूतमा सहसचिव रवी भट्टराईलाई पठाउने निर्णय भएको कार्कीले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!