- संगालोखबर सम्वाददाता

धनकुटा, २ असोज । धनकुटाको नासल चौकबाट गएराति मोटरसाईकल चोरी भएको छ । धनकुटा नगरपालिका–६ नासल चौक स्थित घर नजिक पार्किङ गरेर राखिएको को.५ प. ३६६६ नम्बरको यमाहा कम्पनीको एफजेड मोटरसाईकल चोरी भएको हो ।

पाख्रीवास नगरपालिका–२ सान्ने घर भई नासल चौकमा डेरागरी बस्दै आएका मोटरसाईकल धनी देवेन्द्र पौडेलले राति राखिएकै ठाउँबाट मोटरसाईकल चोरी भएको संगालोखबरलाई जानकारी दिएका छन ।

Advertisement
वाईक चोरी भएको स्थान धनकुटाको नासल चौक । तस्वीर: संगालोखबर

‘सधै जस्तै वेलुका घर नजिकै मोटरसाईकल राखेर सुते ।’ मोटरसाईकल धनी पौडेलले संगालोकर्मीसँग भने ‘राति करिव १० बजेसम्म छिमेकीले मोटरसाईकल देखेका रहेछन, बिहान उठेर हेर्दा त मोटरसाईकल नै छैन ।’ करिव एक बर्ष अघि देखि उनले राति सोही स्थानमा मोटरसाईकल पार्किङ गरेर राख्ने गरेका थिए ।

मोटरसाईकल चोरी भएपछि पौडेलले आज जिल्ला प्रहरी कार्यालयमा मोटरसाईकल खोजिका लागि निवेदन दिएका छन । मोटरसाईकल चोरी भएको निवेदन आएकाले खोजिका लागि मातहतका प्रहरी कार्यालयलाई निर्देशन गरिएको धनकुटाका प्रहरी नायव निरीक्षक निदेश अधिकारीले जानकारी दिए ।

मोटरसाईकलमा बसेका मोटरसाईकल धनी देवेन्द्र पौडेल । सोही मोटरसाईकल चोरी भएको हो ।

धनकुटामा यसअघि पनि केही मोटरसाईकल चोरी भएका थिए । करिव छ बर्षअघि पनि नासल चौकबाटै स्थानीय नरेस पाख्रीनको मोटरसाईकल चोरी भएको थियो । धनकुटामा पछिल्लो समय हेल्मेट पनि चोरी हुँने क्रम बढ्दै गएको मोटरसाईकल प्रयोगकर्ताहरु बताउँछन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!