संगालोखबर

विराटनगर । स्वास्थ्यकर्मीमाथि हातपात घटनाको विरोधमा मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरु अस्पतालको ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही तथा सुरक्षाका लागि अस्पताल परिसरमा प्रहरी बिट राख्नुपर्ने माग उनीहरुले अघि सारेका छन् । घटनामा संलग्नमाथि कारबाही गरिनुका साथै सुरक्षाको प्रत्याभूति गरिनुपर्ने माग पनि उनीहरुको छ ।

गत जेठ ३ गते मेडिकल अधिकृत डा. ब्रोमिस बुढाथोकी र जेठ ७ गते डा. अनिलकुमार यादवमाथि अस्पतालभित्रै हातपात भएको थियो । ती घटनाको विरोधमा यसअघि पनि स्वास्थ्यकर्मी र कर्मचारीले एक घण्टा ओपीडी बन्द गरी कालोपट्टी बाँधेर काम गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!