संगालोखबर संवाददाता


विराटनगर । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । यस अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

त्यस क्रममा संगठनले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीनजना श्रमिकको सम्मान गरेको हो ।

Advertisement

सम्मानित हुनेमा श्रीरघुपति जुट मिल्समा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रियान्स स्पिीनिङ मिल्समा २७ वर्षदेखि कार्यरत रामपवित्र साह र स्वस्तिक आयलमा ३६ वर्षदेखि अनवरत रुपमा कार्यरत ललनकुमार राय छन् ।

संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन काँवरा र ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षले खादा, माला लगाई सम्मान–पत्र र जनही ११ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेका थिए ।

संगठनका अध्यक्ष सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुवैको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मई दिवशको अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको प्रति धन्यबाद दिदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!