संगालोखबर संवाददाता

विराटनगर । प्राध्यापकका लागि सञ्चालित ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिम सम्पन्न भएको छ । गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँच दिनसम्म सञ्चालित सम्पन्न भएको हो ।

Advertisement

तालिममा पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक र सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरूको सहभागिता थियो । यो तालिमले अनुसन्धानका क्षेत्रमा थप सहयोग मिलेको तालिममा सहभागी गोग्राहा कलेजका प्राध्यापक अरुण कोइरालाले बताए ।

गोग्राहा कलेजले गरेको यो प्रयासले आफूहरूले बिर्सन लागेका कुराहरू पुनःस्थापित भएको बताए । पूर्वाञ्चल विश्वविद्यालयले यस्ता कार्यक्रमको आयोजना गरेर प्राध्यापकहरूको क्षमता विकास गर्न विशेष भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

प्रा. ।डा. पेशल खनाल, सहप्राध्यापक टोलनाथ काफ्ले र कृष्ण पाण्डेले प्राध्यापकहरूलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले पाँच दिनमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न पर्नेमा जोड दिएका दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन अनिलकुमार पोखरेलले गोग्राहा कलेजले यस्तो कार्यक्रम आयोजना गर्नु सकारात्मक पक्ष रहेको बताए । उनले विश्वविद्यालय आफैँले यस्ता कार्यक्रम गर्नुपर्नेमा विविध कारणले गर्न नसकेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयले यस्ता कार्यक्रमको आयोजना गर्ने बताए ।

गोग्राहा क्याम्पस प्रमुख गोबिन्द अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले तालिममा सहभागी प्राध्यापकहरूलाई अनुसन्धानमूलक लेख लेख्न आग्रहसमेत गरे । समापन कार्यक्रममा गोग्राहा कलेज व्यवस्थापन समितिका उपाध्यक्ष प्रमिला गच्छादार, पूर्वाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदुकुमार खतिवडा, गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतम, प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!