संगालोखबर संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिएका छन् ।

Advertisement

विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोइरालाले व्यावहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याए ।

‘कलेजस्तरको पढाइ पूरा गरेपछि त्यो विद्यार्थीले रोजगारी पाउनुपर्छ । रोजगारी गर्न चाहँदैन भने आफैं स्वरोजगार हुने सीप र ज्ञान प्राप्त गरेको हुनुपर्दछ,’ उनले भने, ‘किताबी ज्ञानसँगै बाहिरका व्यावहारिक ज्ञान पनि दिनुपर्छ । पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन । अन्य पेशा व्यवसाय गरेर आत्मनिर्भर पनि हुन सकिन्छ । अबको शिक्षा रोजगारमूलक हुनुपदर्छ ।’

जुनियर जेसीजले विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम, जनता मावि इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् ।

विजेता विद्यालयलाई पमेयर कोइराला, काबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काबरा, श्याम काबरा, प्रतियोगिता सञ्चालक (क्वीज मास्टर) डा. सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कर्णलगायतले विजेयता स्कुललाई क्रमशः ११, ७ र ५ हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!