संगालोखबर संवाददाता

विराटनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मोरङअन्तर्गत निजी सवारी चालक इकाइको नयाँ समिति चयन गरिएको छ ।

Advertisement

इकाइको दोस्रो अधिवेशनले धमेन्द्र पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कमिटीका उपाध्यक्षमा ज्योति कामत डोमी, सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा धीरेन लामा चयन भएका छन् ।

इकाइका वरिष्ठ सल्लाहकारमा विमल क्षत्री तथा सल्लाहकारमा राजेश बोहरा र दिलिप राजवंशी चुनिएका छन् भने सल्लाहकार सदस्इमा लेखीराम टुडु चयन भएका छन् ।

संस्थाले निजी सवारी चालकको हक, हितको संरक्षणका साथै सामाजिक कामहरु गर्दै आएको छ । निजी सवारी साधन धनीलाई चालक आवश्यक परेको अवस्थामा कमिटीको सम्पूर्ण जिम्मेवारी रहने गरी चालक उपलब्ध गराउँदै आएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!