राजविराज, ३० जेठ । राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् ।

सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हँुदा मृत्यु भएको हो ।

मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

यसैबीच कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!