अन्तरिक्षमा मानव पठाउने भारत चौथो देश हुने मोदीको घोषणा

अन्तरिक्षमा मानव पठाउने भारत चौथो देश हुने मोदीको घोषणा

काठमाडौँ, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको देशले सन् २०२० वा त्योभन्दा अगाडि नै मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। भारतको ७२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीस्थित लालकिलाबाट परम्परागत सम्बोधन गर्ने क्रममा उनले महिला वा पुरुष अन्तरिक्षयात्रीले भारतको राष्ट्रिय झन्डा सो अभियानमा साथै लैजाने बताए। यदि उक्त अभियान सफल भए अमेरिका, रुस र चीनपछि मानवस...
अफगानिस्तानको सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

अफगानिस्तानको सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

काबुल, ३० साउन । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्ष...
नुवाकोट बस दुर्घटना अपडेट: एकको मृत्यु, ५८ घाइते

नुवाकोट बस दुर्घटना अपडेट: एकको मृत्यु, ५८ घाइते

नुवाकोट, ३० साउन ।  विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्...
कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

रसुवा, ३० साउन । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ ब्राउण्ड ट्रेकिङ र सम्राट् ट्रेकिङमार्फत गएका थिए । तिनको शव काठमाडौँ लाने तयारी भ...
नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते, सातको अवश्था गम्भीर

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते, सातको अवश्था गम्भीर

नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ छोड्ने क्रममा सडक भाँसिएर ४० मिटर तल खस्दा बसमा सवार ४० घाइते भएका नुवाकोटका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। आज बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते सातलाई थप उपचारको लागि क...
मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै

मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै

काठमाडौँ, ३० साउन । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याइने भएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन र रीतिथितिलाई आधार बनाएर निर्माण गरिएको मुलुकी ऐन १६५ वर्षसम्म कायम रह्यो । यो ऐन २०२० सालमा संशोधन भयो । त्यही ऐनलाई प्रतिस्थापन गरी अहिले नयाँ का...
सरकारलार्इ ठगे १० वर्ष, बैदेशिक रोजगारीमा पठाइदिने ठगीमा ७ वर्ष कैद

सरकारलार्इ ठगे १० वर्ष, बैदेशिक रोजगारीमा पठाइदिने ठगीमा ७ वर्ष कैद

काठमाडौँ, ३० साउन ।  भदौ १ देखि नयाँ मुलुकी अपराध (संहिता) ऐन लागू हुँदैछ । ऐनमा पहिलेको तुलनामा ठगीको कारबाहीलाई केही कडा बनाइएको छ । विभिन्न अपराधमा संम्लग्नहरूलार्इ १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना पुर्‍याइएको छ । सरकारको पूर्ण वा अधिकांश स्वामित्व रहेको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । आफ्नो नाम, दर्जा, योग्यता ढाँटेर ठगी गरेमा ५ वर्षस...
बस र ट्रक ठोक्किादा १६ जना घाइते, पाँचको अवस्था गम्भीर

बस र ट्रक ठोक्किादा १६ जना घाइते, पाँचको अवस्था गम्भीर

तनहुँ, ३० साउन ।  बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो । गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको डुम्रेस्थित लक्...
खुकुरी प्रहार गरी आफ्नै छोरा र भाइको हत्या

खुकुरी प्रहार गरी आफ्नै छोरा र भाइको हत्या

जाजरकोट, ३० साउन । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । छोरा र भाइको...
आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

धनगढी, ३० साउन । अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम विनियोजन गरेन । यस्ता कार्यक्रमले प्रदेशमा उत्पादकत्व नबढाउने भएकाले रकम विनियोजन नगर्ने बरु अध्ययन अनुसन्धानमा अनुदान दिने सूत्र प्रदेश सरकारले लगायो । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटसिंह बोहरा स्वयं अर्थशास्त्री,...
इटलीमा पुल भत्कियोः ३० भन्दा बढी गाडी भुइँमा बज्रिँदा ३५ को मृत्यु

इटलीमा पुल भत्कियोः ३० भन्दा बढी गाडी भुइँमा बज्रिँदा ३५ को मृत्यु

काठमाडौँ, ३० साउन । इटलीको उत्तर पश्चिममा रहेको जेनेओवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा अन्य १५ जना गम्भीर घाइते भएका छन् । अधिकारीले १२ जना हराइरहेको पनि जानकारी लिएका छन् । घटनास्थलबाट पाइएको जानकारी अनुसार पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ । फसेका मानिसहरुलाई बाहिर निकाल्नका लागि रातभरी राहत र उद्धारकार्...
पोखरीमा डुबेर दुई जनाको मृत्यु

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज, २९ साउन । पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उनले बताए । यसैगरी मादक पदार्थ सेवन गरी बेपत्ता रहेका सप्तरी रुपनी ...
तीन दिनमै राहदानी उपलब्ध हुने

तीन दिनमै राहदानी उपलब्ध हुने

काठमाडौँ, २९ साउन ।  सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको सो विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्...
‘सोल्टी’ र ‘मितिनी’ लाई काठमाडौँ पठाइयो

‘सोल्टी’ र ‘मितिनी’ लाई काठमाडौँ पठाइयो

रत्ननगर, २९ साउन । सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमाडौँ  पठाइएको छ । रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट बोमा)बाट काठको खोरमा हाली ट्रकमा राखेर सडकमार्ग हुँदै आज साँझ गौँंडालाई काठमाडौँ पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । गैँडालाई साउन ३१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय ...
हुम्लामा हेलिकोप्टरको पंखाले काटेर एक भारतीयको मृत्यु

हुम्लामा हेलिकोप्टरको पंखाले काटेर एक भारतीयको मृत्यु

हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको ‘९ एनएएमडी’ हेलिकोप्टरको पंखाले काटेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए। हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल...
विश्वकै बस्न योग्य शहरको सूचीमा भियना पहिलो

विश्वकै बस्न योग्य शहरको सूचीमा भियना पहिलो

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अङ्क प्राप्त...
भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्धारा निस्क्रिय

भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्धारा निस्क्रिय

भक्तपुर, २९ साउन ।  सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी पर...
श्रीमान् विदेशबाट नफर्किएपछी ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद

श्रीमान् विदेशबाट नफर्किएपछी ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद

गुल्मी, २८ साउन । गुल्मीकी एक महिलाले  विदेश गएका श्रीमान घर आउँन ढिला गरेपछि ससुराबाटै १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी छन् । आईतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडानम्वर–६ कुर्घाका ३५ वर्षिया राजु गौतमी श्रीमती  अनिता (नाम परिर्वतन ) ले मेलमिलापमा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी हुन् । अदालतले उनको विवरण गोप्य राख्न आग्रह गरेको छ । विदेशब...
काठमाडौँ–तराई द्रुतमार्गमा क्षतिपूर्तिश्वरुप ३८ लाख रुख रोप्नुपर्ने

काठमाडौँ–तराई द्रुतमार्गमा क्षतिपूर्तिश्वरुप ३८ लाख रुख रोप्नुपर्ने

काठमाडौँ, २८ साउन । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना अन्तर्गतको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा इआइए को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ । कटान गरिने रुखको क्षतिपूर्ति भर्न खाली स्थानमा एक रुख बराबर २५...
सिरियाको हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

सिरियाको हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

बेरुत, लेबनान । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ । इदलिबको सर्मादा शहरमा भएको विष्फोटको कारण समाचार तयार पार...
दश किलोग्राम चरेशसहित पक्राउ

दश किलोग्राम चरेशसहित पक्राउ

काठमाडौँ, २७ साउन । महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले आज साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो । वृ...
मानव बेचविखनविरुद्धको दिवस मनाउन निर्देशन

मानव बेचविखनविरुद्धको दिवस मनाउन निर्देशन

काठमाडौँ, २७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहले राष्ट्रिय मानव बेचविखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहबाट नै मानव बेचविखन तथा ओसारपसारमा सचेतना अपनाउन आगामी भदौ २० गते दिवस मनाउन लागिएको बताए । मनाउन लागिएको दिवसको आदर्श वाक्य ‘सङ्घीयताको महत्वपूर्ण सार: मानव बेचबिखन अन्त्यका ल...
डिजिटल विद्यालय निर्माणको तयारीमा कर्णाली सरकार

डिजिटल विद्यालय निर्माणको तयारीमा कर्णाली सरकार

सुर्खेत, २७ साउन । कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक वर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले रासससँग कुरा गर्दै शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउ पु¥या...
मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

काठमाडौँ, २७ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोबार गर्ने यमनका ४३ वर्षीय अल अस्री मोहामे याहा याहा, मुगुका ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाका ३० वर्षीय नवीन चौलागाईँलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्तसँग आठ किलोग्...
सरकारका ५ महीना: सुशासनका लागि मानक थालनी

सरकारका ५ महीना: सुशासनका लागि मानक थालनी

काठमाडौँ, २७ साउन । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, विकास निर्माणको ढिलासुस्ती हटाउने लगायत १३ प्राथमिकताका क्षेत्रमा ‘सुशासनका लागि मानक थालनी’ गरेको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कामको बारेमा प्रकाशित ‘वर्तमान सरकारका ५ महिना’ नामक पुस्तकमा तस्करमाथि कारवाही र प्रभावकारी नियन्त्रण, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खरीदमा मितव्ययिता, खरीद अनियमितता रोक्न एकी...
आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै

आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै

बर्दिवास, २७ साउन । ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्नुहुन्छ । आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर इन्साफका लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात...
प्रतिनिधिसभा: भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव

प्रतिनिधिसभा: भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उहाँ विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का ...
इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

जकार्ता, २७ साउन । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि...
नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन

नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन

काठमाडौं, २७ साउन । नोबेल पुरस्कार विजेता साहित्यकार सर भिएस नायपालको निधन भएको छ । ८५ वर्षका विश्व चर्चित साहित्यकार नायपालको लण्डन स्थित घरमै निधन भएको पावारिक स्रोतले जानकारी दिएको छ । उपन्यासकार नायपलाको ट्रिनिडाडको ग्रामीण क्षेत्रमा सन् १९३२ मा जन्म भएको थियो ।नायपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका हुन् । उनका धेरै चर्चित पुस्तक छन्। त्यसमध्ये ‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस ...
वायु प्रदूषणको कारण चीनमा १६ लाखको मृत्यु

वायु प्रदूषणको कारण चीनमा १६ लाखको मृत्यु

काठमाडौं, २७ साउन । हामीकहाँ वायु प्रदूषणले कतिको मृत्यु हुन्छ ? यसको ठ्याक्कै तथ्यांक छैन । वायु प्रदूषणको कारण निम्तने रोग र त्यही रोगको कारण ज्यान गुमाउनेहरुको लेखाजोखा छैन । किनभने वायु प्रदूषणले एउटा मात्र रोग लाग्दैन । यसले नाक, कान, घाँटीमा समस्या ल्याउनेदेखि फोक्सोको क्यान्सरसम्म हुने गर्छ । छालामा समेत वायु प्रदूषणको सोझो असर पर्छ । काठमाडौं लगायत शहरी क्षेत्रमा वायुप्रदूषणको कारण उकुस...
प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

बैतडी, २७ साउन । प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव...
error: Content is protected !!