छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !

काठमाडौँ, ७ साउन । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५” मा त्यस्तो कडाइको व्यवस्था गरिएको हो । कुनै अभिभावकले आफ्न...
कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्न...
‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

‘टुरिजम स्याटेलाइट एकाउन्ट’ सञ्चालन गर्दै सरकार

काठमाडौँ, ७ भदौ । सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ राख्ने भएको छ । हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राखिने गरेकोमा अबदेखि स्थलमार्गबाट आउने सबै पर्यटकको स्पष्ट तथ्याङ्क राखिन लागेको हो । आगामी महीनादेखि सो प्रणाली पूर्णरुपमा लागू हुनेछ । कुन स्थानमा कति पर्यटक पुगे, उनीहरुले के कति दिन बिताए र कति खर्च गरे भन्नेसम्मको एकीकृत तथ्याङ्क राख्ने तयारी...
कञ्चनपुरमा गोली चल्यो, प्रहरीसहित आठ घाइते

कञ्चनपुरमा गोली चल्यो, प्रहरीसहित आठ घाइते

भीमदत्तनगर, ७ भदौ । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् । यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज...
टीकापुर घटनाको तीन वर्ष: पीडितको रोकिएन आँशु

टीकापुर घटनाको तीन वर्ष: पीडितको रोकिएन आँशु

भीमदत्तनगर, ७ भदौ । शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो । “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन ...
निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन जारी

निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन जारी

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ । भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छ...
वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

नयाँदिल्ली, ७ भदौ । वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उनको आजै दाहसंस्कार गरिने बताइएको छ । सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गर्नुभएका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनित हुनुभएको थियो । नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उनी महान बौद्धिक व्यक्तित्व रहेको बताए ...
चोरीको गाडीसहित १० लाख बढीको सामान प्रहरीको नियन्त्रणमा

चोरीको गाडीसहित १० लाख बढीको सामान प्रहरीको नियन्त्रणमा

गौशाला, ७ भदौ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट प्रहरीले दुई चोरीको गाडीसहित रु १० लाख बढीको सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार चोरबाटो हुँदै भारतबाट चोरी निकासी गरी नेपाल प्रवेश गरेको ना ४ च ४३३२ र ना ४ च ४८९४ नम्बरको दुई पिकअप भ्यान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको गस्ती टोलीले पर्स...
रुसले सिरियामा पठायो ६३ हजार सेना

रुसले सिरियामा पठायो ६३ हजार सेना

मस्को । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ । रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो । ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रके...
‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

रत्ननगर, ७ भदौ । यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिए। देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण तहसम्मै घच्घच्याउन सामूहिक अभियान शुरु गरिएको उनकोे भनाइ थियो । चितवनमा पछिल्लो ...
उपत्यकाका ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

उपत्यकाका ट्याक्सी चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने

काठमाडौँ, ६ भदौ । उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धा...
इस्लाम धर्मावलम्बीद्वारा बकरइदमा सद्भाव साटासाट

इस्लाम धर्मावलम्बीद्वारा बकरइदमा सद्भाव साटासाट

काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् । प्रत्येक वर्ष अरवियन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आर्शीवाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली गर्ने गरिन्छ । अल्हा (इश्वर)ले आफ्नो भक्तजन इब्राइमलाई परीक्...
दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

दक्षिण सुडानका बाल सैनिक नयाँ जीवनको खोजीमा

पिबोर, दक्षिण सुडान, ६ भदौ । एघार वर्षको कलिलो उमेरमा घरबाट भागेर आदिवासी लडाकू समूहमा भर्ना भएका बाबा साहेबलाई कति मानिस मारियो भन्ने एकिन सम्झना पनि छैन । हत्या गरिएका मान्छेको संख्या भन्न उनलाई एकछिन रोकिनु पर्दछ । “मैले गोलीले हानेर मारें । हामी सबैले त्यही ग¥यौं” बाबा जोनले भने, “मैले एउटा बन्दुक पाएँ र कसरी चलाउनु पर्दछ भनेर तालिम लिएँ । मलाई सम्झना पनि छैन कति मानिसलाई मैले गोलीले उडाएँ ...
भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

कराकस, ६ भदौ । भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ...
कार्यालय सहयोगीको हत्या

कार्यालय सहयोगीको हत्या

बैतडी, ६ भदौ। दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ । ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत ...
पक्षघात भएका विद्यार्थीलाई सहयोग

पक्षघात भएका विद्यार्थीलाई सहयोग

काठमाडौँ, ६ भदौ । पूर्व प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मङ्गलबार सो रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरू...
बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

काठमाडौँ, ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता...
वार्षिक चार लाख पर्यटक भित्र्याउने निगमको लक्ष्य

वार्षिक चार लाख पर्यटक भित्र्याउने निगमको लक्ष्य

काठमाडौँ,५ भदौ । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान भर्ने निगमको लक्ष्य छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा प्रमुख गन्तव्यमा निगमका जहाज नै उडाउने सरकारको योजना छ । सोही आधारमा निगमले गत दुई महिना (असार १४ र साउन...
राष्ट्रिय परिचय पत्र वितरण अन्तिम चरणमा

राष्ट्रिय परिचय पत्र वितरण अन्तिम चरणमा

काठमाडौँ, ५ भदौँ । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताउनुभयो । ‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो ह...
इरानको पहिलो लडाकू बिमान सार्वजनिक, अमेरिकालार्इ चुनाैती

इरानको पहिलो लडाकू बिमान सार्वजनिक, अमेरिकालार्इ चुनाैती

तेहरान, ५ भदौ । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू बिमान हो । यस बिमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो बिमान सत प्...
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड

द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड

बैतडी, ५ भदौ । दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, रङ्ग र ब्रससँग खेल्ने काम नै रमाइलो लाग्छ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

काठमाडौँ, ५ भदौ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्र...
प्रहरीले निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै भीमदत्तनगर बन्द

प्रहरीले निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै भीमदत्तनगर बन्द

भीमदत्तनगर, ५ भदौ । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । बागफाँटाका...
ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

चितवन, ५ भदौ । गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठेलामा पानी तान्ने पम्प राखेर दुवै जना सडकमा हिँडिरहेका थिए । मृतकको सनाखत हुन सकेको छैन । यस्तै तनहुँको आँबुखैरेनीब...
पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

पाकिस्तानका विदेशमन्त्रीद्वारा भारतसँग वार्ताको आग्रह

इश्लामावाद, ४ भदौ । पाकिस्तानका नवगठित सरकारका विदेश मन्त्रीले सहमति नभएसम्म नछोड्ने निरन्तरको वार्तामा बस्न भारतसँग आग्रह गर्नुभएको छ । भारतसँगको शत्रुतापूर्ण सम्वन्धलाई अन्त्य गर्नेतर्फ पाकिस्तानको चासो रहने उहाँले विषेश जोडका साथ सोमबार बताउनुभयो । “हामी दुई छिमेकी मात्रै होइन, आणविक हतियार सम्पन्न शक्ति पनि हौँ,” पाकिस्तानका नयाँ विदेश मन्त्री शाह मेहमुद कुरेशीले भन्नुभयो । दोस्रो पटक विदे...
सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

चितवन, ४ भदौ । सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिम...
बिम्स्टेक महासन्धि अनुमोदित

बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गरे । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदल...
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

मताराम, इन्डोनेसिया, ३ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् । दुई साताको बीचमा लो...
पूर्वराजदूत झा घरैमा मृत अवस्थामा भेटिए

पूर्वराजदूत झा घरैमा मृत अवस्थामा भेटिए

काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान काठमाडौँको बबरमहलस्थित उनकै घरमा मृत अवस्थामा भेटिएका हुन । ८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। ‘घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौँ’, थापाले भने, ‘हत्या या आत्महत्या अहिले नै केही भन्न सकिन्न, चक्कुले टाउकोमा प्रहार गरिएकाले अनुसन्धा...
निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

काठमाडौँ, ४ भदौ । सरकारले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्‍याउने सरकारले तयारी गरेको हो । विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो । हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उ...
प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

काठमाडौँ, ४ भदौ । सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई/दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान...
error: Content is protected !!