भीमदत्तनगरमा पुनः कफ्र्यु

भीमदत्तनगरमा पुनः कफ्र्यु

भीमदत्तनगर, १० भदौ । कञ्चनपुरको भीमदत्तनगरमा आज पुनः कफ्र्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कफ्र्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्र्यु लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कफ्र्यु हटाइएको थिय...
शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार

शहीद खुनाको महाकाली नदीमा दाहसंस्कार

कञ्चनपुर, १० भदौं । शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दिपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो ।...
केरलाको बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो

केरलाको बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ४४५ पुग्यो

कोची, १० भदौ । भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ । केर...
गैह्र सैनिकलाई ६ करोड २९ लाखको छात्रवृत्ति

गैह्र सैनिकलाई ६ करोड २९ लाखको छात्रवृत्ति

काठमाडौँ, १० भदौ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४/७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निक...
छोराको कुटपिटबाट बुबाको मृत्यु, वृद्धलाई बाढीले बगायो

छोराको कुटपिटबाट बुबाको मृत्यु, वृद्धलाई बाढीले बगायो

लहान, १० भदौ । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–१८ मनर्वाका एक जनाको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५ वर्षीय बुबा उमेश सदायको उपचारको क्रममा शनिबार साँझ विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा...
कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

लहान, १० भदौ । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण ...
एकल पुरुषलाई पनि भत्ता

एकल पुरुषलाई पनि भत्ता

बैतडी, १० भदौ । बैतडीको मेलौली नगरपालिकाले विधुर एकल पुरुष लाई पनि मासिक भत्ता दिने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए । एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उनले भन...
तराई मधेशमा रक्षाबन्धनको उल्लास

तराई मधेशमा रक्षाबन्धनको उल्लास

महेन्द्रनगर, धनुषा, १० भदौ । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजु...
नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै

भक्तपुर, १० भदौ ।  श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन ने...
सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

नवलपरासी, १० भदौ । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको...
कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

कञ्चनपुर, १० भदौ । कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो । ...
निर्मलाको परिवारलाई १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा 

निर्मलाको परिवारलाई १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा 

काठमाडौं । सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी...
अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

अाज उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन मनाइँदै

काठमाडौँ,  १० भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चल...
हत्या आरोपमा चारजना पक्राउ

हत्या आरोपमा चारजना पक्राउ

बैतडी, ९ भदौ । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का धर्म सिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्ना रहेका छन् । “पक्राउ परेका चारै जनालाई अनुसन्धानका लागि पक्रेका छौँं ”जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले भ...
आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

आन्दोलनले उग्ररुप लिएपछि भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । यहाँको ट्राफिक चोकमा भएको झडपमा प्रहरीले गोली...
कञ्चनपुरमा प्रहरीको गोली लागाी १३ वर्षीय किशोरको मृत्यु

कञ्चनपुरमा प्रहरीको गोली लागाी १३ वर्षीय किशोरको मृत्यु

कञ्चनपुर, ८ भदौ । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट कञ्चनपुर भिमदत्त १८ भगतपुरका १४ वर्षीय शनि खुनाको मृत्यु भएको हो । गोली लागेर २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र  मनोज खड्का रहेका छन् । प्रहरीले  करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको ...
पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

पेरु र ब्राजिलको सीमानामा शक्तिशाली भूकम्प

वासिङ्टन, अमेरिका, ८ भदौ । पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ । ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया शहरको १४० किलोमिटर पश्चिममा जमिनको सतहदेखि ६०९ किलोमिटरको गहिराईमा रहेको भूयुएसजीएसले जनाएको छ । भूकम्पको केन्द्रविन्दु ग्रामिण इलाकामा रहेकोले यसबाट भएको क्षतिको...
राहत शिक्षकलाई स्थायी गर्न माग

राहत शिक्षकलाई स्थायी गर्न माग

काठमाडौँ, ८ भदौ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी गर्ने गरी सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गरेको छ । समितिले स्थायी प्र्रक्रिया थालनीपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको हकमा उमेरको हदबन्दी हटाउन पनि माग गरेको छ । आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा समितिका अध्यक्ष खेमराज अध...
विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, ८ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई आज नै नुवाकोट जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राख्न म्याद थप गरेको हो ।उनीलाइ विहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएसँगै गिरफ्तार गरी यहाँ ल्याइएको थियो । गत साउन ७ गते राति बेलकोटग...
गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

गुल्मीमा भेटियो अर्को झमक कुमारीः खुट्टाले लेखेरै उत्कृष्ट विद्यार्थी

बुटवल, ८ भदौ । उमेरले उनी १३ वर्षका भएका छन् । उनी कक्ष ५ मा पढ्छन् । जन्मजात उनका दुवै हातका औलाहरु छैनन् । उनका हात बराबर पनि चल्दैनन् । खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन् । सो कक्षाका उनि अब्बल विद्यार्थी हुन् । उनि हुन् गुल्मीको श्रृङ्गा माध्यामिक विद्यालय छत्रकोट–४, श्रृङ्गाका छात्र ऋषिराम कँडेल । सोही स्थानका लक्ष्मण कँडेलका एक मात्र सन्तान हुन...
भूकम्पको कहरः इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

भूकम्पको कहरः इन्डोनेसिया भूकम्पबाट मर्नेको संख्या ५५५ पुग्यो

जकार्ता, ८ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनको संख्या ५५५ पुगेको छ । साथै यस भूकम्पमा परी करिब एक हजार ५०० घाइते भएका छन् भने लाखौै व्यक्ति घरवारबिहिन भएका छन् । विदा मनाउनको लागि प्रख्यात बाली र सुन्दर स्थल लोम्बोकका जुलाई २९ र अगष्ट ५ मा शक्तिशाली भूकम्प गएको थियो । गत अगष्ट ५ आइतबारका दिन गएको यस भूकम्प ६.९ म्याग्नीच्युडको मापन गरिएको थियो । दे...
सिरहाको गोलबजार नगरपालिकाद्वारा निःशुल्क सिफारिस

सिरहाको गोलबजार नगरपालिकाद्वारा निःशुल्क सिफारिस

लहान, ८ भदौ । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिनुभयो । जन्मदर्ता, विवाह दर्ता, मृत...
अर्नाको प्रजाति विस्तारमा सफलता

अर्नाको प्रजाति विस्तारमा सफलता

रत्ननगर, ८ भदौ । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्काे बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरि...
मिथिलामा राखी पर्वको चहलपहल

मिथिलामा राखी पर्वको चहलपहल

बर्दिवास, ८ भदौ । महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छ । साउन शुक्लपक्ष शुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँनगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजीरहेका छन् । सम्पूर्ण मिथिला क्षेत्रमा अहिले दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धुन गुञ्जिरहेको छ । प्रत्येकजसो गाउँनगर बस्तीमा रङ्गीबिरङ्गी रक्षाबन्धन बेच्न राखिएका छन् । द...
जलवायु परिवर्तनको प्रभाव: उच्च हिमाली क्षेत्रमा लामखुट्टे !

जलवायु परिवर्तनको प्रभाव: उच्च हिमाली क्षेत्रमा लामखुट्टे !

पोखरा, ८ भदौ । उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेको चा...
खोला पार गर्दैगर्दा बाढी आएपछि…

खोला पार गर्दैगर्दा बाढी आएपछि…

बाँके, ८ भदौ । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो । सबै यात्रु छिटो–छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसे...
स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

स्कट मरिसन अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री

सिड्नी, ८ भदौ । सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिनुभएको छ । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उहाँले पदभार ग्रहण गर्न लाग्नुभएको हो । औसतमा सुधारवादी ठानिएका म्याल्कम टर्नबुललाई उहाँकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् । पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्...
टिपर दुर्घटनाका मृतक परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

टिपर दुर्घटनाका मृतक परिवारलाई मुस्ताङी विद्यार्थीको सहयोग

रोल्पा, ८ भदौ । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् । मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी सङ्गठन जुनियर रेडक्रस सर्कलको अगुवाइमा रु ६६ हजार ५१० सङ्कलन गरी रोल्पा पठाइएको हो । रेडक्रसकर्मी विद्यार्थीले सङ्कलन गरेका सो रकम यहाँको सुनछहरी गाउँपालिका कार...
गोसाइँकुण्डमा भक्तजनको भीड

गोसाइँकुण्डमा भक्तजनको भीड

रसुवा, ८ भदौ । यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार साँझसम्म दुई हजारभन्दा बढी भक्तजनको आगमन भइसकेको छ । एक पटक पुग्नैपर्ने तीर्थस्थलका रूपमा गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन प्राय जनैपूर्णिमाका बेला आयो...
कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

कञ्चनपुर घटनाका सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ, ७ भदौ । गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान नि...
देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

काठमाडौँ, ७ भदौ । भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा महासङ्घका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रामाथि अंकुश लग...
error: Content is protected !!