फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी, ३ भदौ ।  फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो । भूकम्पपछिका परकम्पह...
संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रह...
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन...
बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रधानाध्यापक थुनामा

बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत, २ भदौ । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने  एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागे...
पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, आज सपथग्रहण

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, आज सपथग्रहण

काठमाडौँ । पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिग...
कलङ्कीको अण्डरपास सञ्चालनमा

कलङ्कीको अण्डरपास सञ्चालनमा

काठमाडौँ, १ भदौ । नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए । “दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार ...
सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

नयाँ दिल्ली, १ भदौ । तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् । अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उहाँको ...
ढल्केबर सवस्टेसन सञ्चालनमा

ढल्केबर सवस्टेसन सञ्चालनमा

काठमाडौँ, १ भदौ ।  मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा...
नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौं, १ भदौ  । नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ...
मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ऐन आजबाट कार्यान्वयनमा

मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ऐन आजबाट कार्यान्वयनमा

काठमाडौँ, १ भदौ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लगायतका ऐन आजबाट कार्यान्वयनमा आएको छ । गत वर्ष नै राष्ट्रपतिबाट प्रमाणिकरण भएको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका केही ऐन भदौ एक गतेबाट लागु हुने उल्लेख गरिएको थियो । मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि, मुलुकी फौजदारी कार्यविधि र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन आजबाट कार्यान्वयनमा आएको ह...
चोरीको गाडी हवल्दारको निवासमा

चोरीको गाडी हवल्दारको निवासमा

नवलपरासी, १ भदौ । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ ...
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला

रत्ननगर, १ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा प्राकृतिक रू...
वाजपेयीको निधनप्रति शोक व्यक्त

वाजपेयीको निधनप्रति शोक व्यक्त

नयाँ दिल्ली, भारत, ३१ साउन । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ । उहाँले मधुमेह,मृगौलालगायतका स...
वाजपेयीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

वाजपेयीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओली...
मुलुकी देवानी र अपराध संहिता लगायत ऐनकाे स्वागत गर्न दीपावलीको तयारी

मुलुकी देवानी र अपराध संहिता लगायत ऐनकाे स्वागत गर्न दीपावलीको तयारी

काठमाडौँ, ३१ साउन । महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन ला...
नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

काठमाडौँ, ३१ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी रहेको बताउनुभय...
जलवायु परिवर्तनको असरविरुद्ध नेपालले क्षतिपूर्ति दाबी गर्ने

जलवायु परिवर्तनको असरविरुद्ध नेपालले क्षतिपूर्ति दाबी गर्ने

काठमाडौँ, ३१ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्री बस्नेतसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचर्ड मोरिसले गर्नुभएको शिष्टचार भेटमा उहाँले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अ...
भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

काठमाडौँ, ३१ साउन ।  भारतीय  पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९३ वर्षको निधन भएको छ । बाजपेयीको निधन दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा भएको हो । किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे ।...
मुलुकी फौजदारी संहिता: छ अपराधमा आजीवन कारावास

मुलुकी फौजदारी संहिता: छ अपराधमा आजीवन कारावास

काठमाडौँ, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशो...
राष्ट्रिय शहीद स्मारकले गति लिँदै

राष्ट्रिय शहीद स्मारकले गति लिँदै

काठमाडौँ, ३१ साउन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको गोकर्णको राष्ट्रिय शहीद तथा शान्ति स्मारक शहरी विकास मन्त्रालयअन्तर्गत रहने भएको छ । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी गत असार २० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । स्मारक यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत थियो । मन्त्रालयको सङ्गठन पुनःसंरचनासँगै शान्ति मन्त्रालय खारेजीमा परे...
प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो । धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धन...
सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याइने

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याइने

काठमाडौँ, ३१ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४ ह...
इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता, ३१ साउन । मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस...
प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै

प्रदेश नं ७ मा ‘ओल्के’ चाड मनाइँदै

धनगढी, ३१ साउन । पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के चाड प्रदेश नं ७ मा उल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइने यो चाड मनाउन घरघरमा आजैदेखि तयारी थालिएको छ । ओल्के चाडमा बढी प्रयोग हुने दूध दहीको जोहो गर्ने र मीठा मीठा खानाका परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढाइदिएको छ । आफ्ना मान्यजन, इष्टमि...
देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह

देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह

काठमाडौँ, ३१ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर...
साउदी जेलमा रहेका दिलबहादुरको रिहा गर्न ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

साउदी जेलमा रहेका दिलबहादुरको रिहा गर्न ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ, ३१ साउन । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी पीडितलाई दिइने क्षतिपूर्ति रकम रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । ...
मलेसियाली अदालतले दियो कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

मलेसियाली अदालतले दियो कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । “आरोपित महिलाहरुले आफूमाथि लागेका आरोपको सफाईका लागि प्रक्रिया अगाडि बढाउन सक्छन्,” शाह आलम उच्च अदालतका न्यायाधीश आज्मी आरीफिनको आदेशमा भनिएको छ । हत्या आरोपीहरुमा इन्डोनेसियाकी सिती आइस्याथ र भियतनामकी डोएन थी हु...
अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

ह्यारिसबर्ग, अमेरिका ।  एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत प्रतिवेदनले त्यस्त...
आज घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाईदै

आज घरका ढोकामा नागको चित्र टाँसी नागपञ्चमी पर्व मनाईदै

काठमाडौँ, ३१ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले ...
प्रदेश तहका कर्मचारीको खटनपटन प्रदेश सरकारले गर्ने

प्रदेश तहका कर्मचारीको खटनपटन प्रदेश सरकारले गर्ने

काठमाडौँ, ३० साउन । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि प्रदेश तहमा सङ्घ केन्द्रले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’’, उनले भने, ‘‘अ...
पुनः निर्माण प्राधिकरणको सीईओमा पुनः ज्ञवाली

पुनः निर्माण प्राधिकरणको सीईओमा पुनः ज्ञवाली

काठमाडौँ, ३० साउन । सरकारले राष्ट्रिय पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । विसं २०७२ बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनः निर्माणका लागि प्राधिकरणको गठनसँगै उक्त पदमा प्रा डा गोविन्दराज पोखरेल, सुशील ज्ञवाली, पुनः पोखरेल, युवराज भुसाल र अहिले पुनः ज्ञवाली नियुक्त भएका हुन। मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयअनुसार उहाँलाई दोस्रो पटक ...
error: Content is protected !!