बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ
बनेपा, २० भदौ । इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।
आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् ।
पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिए...






























