काठमाडौँ, ३० भदौ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई धर्मगुरु बम्जनले पटक पटक बलात्कार गरेको बताएकी हुन् ।

Advertisement

बम्जनले बलात्कार गरेको भनिएकी किशोरी आनी हुन् । धर्मगुरु बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । पत्रकार सम्मेलनमा बोल्दै ती किशोरीले २ वर्ष पहिले आफूलाई बम्जनले पटकपटक बलात्कार गरेको बताइन् ।

बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण आफूले यो विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठे पछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको उनले बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!