खशोग्जीको हत्या ‘इतिहासकै नराम्रो ढाकछोप’
काठमाडौँ, ७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारेको साउदी अरेबियाको प्रतिक्रिया 'हालसम्मकै नराम्रो ढाकछोप' भएको बताएका छन्।
उनले हत्या योजनामा संलग्न जोकोही भए पनि 'ठूलो समस्यामा पर्ने' बताए। राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाले घटनामा संलग्न भएकाहरूलाई 'सजाय दिने' बताए।
उनले सन्दिग्ध २१ जनाको भिसा अमेरि...





























