प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता, द्वीपक्षीय सम्बन्धको स्मरण

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता, द्वीपक्षीय सम्बन्धको स्मरण

न्यूयोर्क, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवा...
असोज १७ गतेदेखि डिभीको अनलाईन दर्ता खुल्ने

असोज १७ गतेदेखि डिभीको अनलाईन दर्ता खुल्ने

काठमाडौं, १० असोज । अर्को हप्ता अर्थात असोज १७ गतेदेखि अमेरिकी स्थायी बसोबास कार्ड डिभीको अनलाइन दर्ता खुल्ने भएको छ । अमेरिकामा विदेश मन्त्रालयको समेत काम गर्ने डिपार्टमेन्ट अफ स्टेटको ब्यूरो अफ कन्सुलर एफेयरले आफ्नो आधिकारिक वेबसाइटमा यो सूचना राखेको हो । वेबसाइटमा राखिएको सूचनामा सन् २०१८ अक्टोबर ३ (असोज १७) बाट डिभी– २०२० कार्यक्रमको लागि अनलाईन भर्ने समय खुल्ने उल्लेख छ । डिभीको अनलाईन दर...
४० वर्षीय बालकरामले छेडे जिब्रो, दैवी शक्ति प्राप्त हुने विश्वास

४० वर्षीय बालकरामले छेडे जिब्रो, दैवी शक्ति प्राप्त हुने विश्वास

भक्तपुर, १० असोज । मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजारौँ मानिसको अगाडि जिब्रो छेडेका हुन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्...
‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

‘नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ’ : प्रधानमन्त्री ओली

न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ ९एक्सन फर पिसकिपिङ को उच्चस्तरीय बैठकमा प्रधान...
पोखराकी श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

पोखराकी श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

काठमाडौं, १० असोज । पोखरामा सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ ...
प्रधानमन्त्री ओली महासचिव गुटेरेसद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली महासचिव गुटेरेसद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ उक्त समारोहमा सरिक हुनुभएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुग्नुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा मङ्गलब...
शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ, ९ असोज । प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि छलफलका क्रममा उठेका जिज्ञासामा गृहमन्त्री थापाले विश्वविद्यालयले शान्ति स्थापनाका लागि महत्वपूर्ण ...
आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने

आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपालीको क्षमताबारे प्रमले सन्देश दिने

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहनुभएको बताउनुभएको छ । प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा...
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट, ९ असोज  । पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । लालबकैया नदीस्थित टिकुलिया घाटमा समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिप्रकाले प्रक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटना हुँदा५ जनाको मृत्यु भएक...
दशैँमा घर जान टिकट लिनेको घुइँचो, पश्चिम नेपाल जाने टिकट खुलेन

दशैँमा घर जान टिकट लिनेको घुइँचो, पश्चिम नेपाल जाने टिकट खुलेन

काठमाडौँ, ९ असोज । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेप...
बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन, शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई

बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन, शिक्षा प्रमुखको जिम्मेवारी स्रोत व्यक्तिलाई

बैतडी, ९ असोज । सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । शिक्षा शाखा प्रमुखबिहीन हुँदा जिल्लाका स्थानीय तहले शिक्षासम्बन्धी कामकाज गर्न असहज भएको जनाएका छन् । नगरपालिकामा उपसचिव...
प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पद्वारा सोमबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ । उक्त समारोहमा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ सहभागी हुनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियले संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन यहाँ आइपुग्नुभएका विभिन्न मुलुकका...
आजबाट सोह्र श्राद्व सुरु, दिवङ्गत पितृको सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने

आजबाट सोह्र श्राद्व सुरु, दिवङ्गत पितृको सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने

काठमाडौँ, ९ असोज। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्प...
प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भ...
प्रमद्वारा इन्द्रजात्राको शुभकामना

प्रमद्वारा इन्द्रजात्राको शुभकामना

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पौराणिककालका खास घटनामा आधारित भएर शुरु भएका यस्ता चाडपर्व कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा भएको बताउँदै उहाँले यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व सांस्कृतिक सम्पत्ति भएकाले सरकार यस्ता सांस्कृतिक चाडपर्वको संरक्षण र सम्वद्र्धधनमा...
दशैँका लागि अग्रीम टिकट बुकिङ भोलिदेखि खुल्ने

दशैँका लागि अग्रीम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौँ, ८ असोज । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी असोज ९ ९भोलि०देखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले सरकारले ...
निर्माण व्यवसायी महासङ्घमा नयाँ नेतृत्व

निर्माण व्यवसायी महासङ्घमा नयाँ नेतृत्व

काठमाडौँ, ८ असोज । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार रामशरण देउजा र पुरुषोत्तम मानन्धरले क्रमशः ६६ र ७ मत पाउनुभयो । वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डेले ४६५ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटत...
तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

काठमाडौँ, ८ असोज । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानल...
स्वर्गद्वारी विमानस्थल निर्माणका लागि ७७ करोडको योजना, १८ प्रजातिका ६ हजार २५६ बिरुवा नोक्सान हुने

स्वर्गद्वारी विमानस्थल निर्माणका लागि ७७ करोडको योजना, १८ प्रजातिका ६ हजार २५६ बिरुवा नोक्सान हुने

प्यूठान, ८ असोज। प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे...
साउदी अरबको सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै

साउदी अरबको सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता बढ्दै

रियाद, साउदी अरब, ७ असोज । साउदी अरबको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ । साउदी अरबको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गर्नुभएको हो । ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढ्नुभएको यहा...
नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो

चितवन, ७ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करीब २० सेन्टिरमिटर भासिएको छ । सडक विस्तार गर्दा छेउपट्टीबाट पर्ख...
साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा जोड

लमही, ७ असोज । साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा सङ्घका निर्देशक प्रतिमा शर्माले बताए । ‘‘सुस्तश्रवण भएकाका लागि आफ्नो कुरा व्यक्त गर्नेमाध्यम साङ्केतिक भाषा हो’ उनले भने,“त्यसैले यो भाषालाई राष्ट...
दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

घोराही, ७ असोज । भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर सयौं घर बनेको देख्नुभएका उहाँमा त्यस्ता घर र अतिक्रमणमा परेका जग्गा कसरी फिर्ता गर्ने चिन्ता थपिएको छ । वनको जग्गामा लामो समयदेखि बस्दैआएकालाई हटाउन मश्किल हुने भएकाले सरकारी पक्षबाटै केही पहल भइदिए हुन्थ्यो भन्ने उहाँ ठान्नुहु...
मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा सर्वसम्मतिले पारित

मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा सर्वसम्मतिले पारित

काठमाडौँ, ७ असोज । राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गरेका थिए । राष्ट्रियस...
माल्दीभ्समा राष्ट्रपतिका लागि मतदान सुरु

माल्दीभ्समा राष्ट्रपतिका लागि मतदान सुरु

माले, ७ असोज । माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ । माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् । मतदानको प्रारम्भिक ...
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

दार्चुला, ७ असोज । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष ...
राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

राष्ट्रपतिबाट राष्ट्रकविलाई जन्मदिनको शुभकामना

काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजी...
गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाईते

गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाईते

बुटवल, ७ असोज । शनिबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपाली भालुको आक्रमणबाट गम्भीर घाईते भएका छन । कोदोबारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु जस्तै ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ । वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाईमा घाइते नेपालीलार्इ स्थानीयले उपचारक ल...
शिशुको हत्या अभियोगमा आमा पक्राउ

शिशुको हत्या अभियोगमा आमा पक्राउ

बेत्रावती, ७ असोज । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको शव रहेको स्थानको घटनास्थल मु...
बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्न माग

काठमाडौँ, ६ असोज । शान्तिका अग्रदूत गौतम बुद्धलाई ब्रह्माण्डको ज्योति घोषणा गर्नुपर्नेमा जोड दिइएको छ । विश्व शान्ति दिवसका अवसरमा नेपाल विश्व शान्ति विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको विदेश नीति र विश्व शान्ति एवं विकासमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका बारेमा चर्चा गर्नुभयो । विश्वमा शान्तिको सन्देश प्रवाह गर्नुहुने बुद्धलाई ब्रह्माण्डकै ज्योति घो...
राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

राष्ट्रसंघीय महासभामा कोफी अन्नानको सम्झना

संयुक्त राष्ट्रसंघ, ६ असोज । “संयुक्त राष्ट्रसंघ र कोफी अन्नान एक अर्काका परिपुरक हुन्, एउटालाई भुलेर अर्को अपुरो हुन्छ,” राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनिओ गुटेर्रेसले पूर्व महासचिव अन्नानलाई सम्झदै शुक्रबार भन्नुभयो । पूर्व महासचिव अन्नानका गत अगस्ट १८ तारिखका दिन निधन भएकाले महासभामा उहाँको सम्झना गरिएको हो । घानाका नागरिक अन्नानले विश्वमा शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन...
error: Content is protected !!