चुरे विनाश राष्ट्रिय समस्या: पूर्व राष्ट्रपति डा यादव
धनुषा, १३ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
आज जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित जनकपुर तथा चुरे संरक्षण’ अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपालको प्रथम तथा पूर्व राष्ट्रपति डा रामवरण यादवले भन्नुभयो, “चुरे विनाश गर्नुमा सङ्घीय ...






























