त्रिवि गभर्निङ बोर्डमा निर्वाचित
काठमाडौँ, २६ कात्तिक । चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ ।
यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।
सङ्घले बेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्...





























