जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी
काठमाडौं, २७ मंसिर । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाम निर्वाचित राजपाका उम्मेदवार रेशम चौधरीले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको बताएका छन्। रेडियो नागरिकको 'नागरिक मञ्च'मा कुरा गर्दै उनले जनताको अभिमत पाएर आफू माननीय भएको बताउँदै तुरुन्तै आफ्ना वारेनामालाई प्रमाणपत्र दिन आग्रह गरे।
'म संसदमा हाजिर हुन्छु। किनकि मलाई यहाँका जनताले जनमत दिएर पठाउनुभएको छ। म त्यो जिम्मेवारी पूरा गर्न अ...



























