काठमाडौँ, ९ साउन ।  पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । नयाँ जनप्रतिनिधिका लागि पाकिस्तानी जनताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यो पाकिस्तानको इतिहासमा हुन लागेको ११ औं आम निर्वाचन हो।

Advertisement

१० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् ।

जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । उक्त सिट पाँच प्रतिशत भोट ल्याउने पार्टीबीच बाँडिने छन्। यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् ।

मतदान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरु हुँदैछ।

पाकिस्तानको लोकतन्त्र र चुनाव जहिल्यै केन्द्रमा रहने गरेको छ। यद्यपि, पाकिस्तानमा अहिलेसम्म लोकतन्त्रले राम्रोसँग हुर्किने मौका पाएको छैन।

प्रायस् चुनावमा सेनाको प्रभाव रहने गरेको छ। चुनावमा पूर्वक्रिकेटर इमरान खानको पार्टी पिटिआईले नवाज शरीफको पार्टी पिएमएल–एनलाई उछिन्ने आँकलन गरिएको छ। पछिल्लो पटक पाकिस्तानमा एक सेना प्रमुखले जनताले चुनेको सरकारलाई हटाएर अर्थात् सैन्य कुु गरेर शासन सत्ता आफ्नो हातमा लिएको १९ वर्ष भएको छ।

त्यसपछि दुई पटक लोकतान्त्रिक चुनाव भयो। पछिल्लो पटक पूर्वप्रधानमन्त्री नवाज शरीफलाई पदबाट हटाएको थियो। उनलाई भ्रष्टाचारको मुद्दामा १० वर्ष कैद सजाय तोकिएको छ।

पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियम भ्रष्टाचार आरोपमा जेल गएपछि पाकिस्तानको राजनीतिमा ठूलो उथल–पुथल भएको छ। तर पनि उनको पार्नी मुस्लिम लिग ९नवाज० लाई अहिले पनि सत्ताको दौडमा कडा प्रतिस्पर्धीको रुपमा हेरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!