इलाम। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।

Advertisement

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै चुनाव सार्नुपर्ने कुनै कारण थिएन, भन्नुभयो । “मधेसका दुई चार जना नेताको अघि सरकारले लाचारीपन देखायो” उहाँले भन्नुभयो ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।

जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उहाँले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ, भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!