- संगालोखबर सम्वाददाता

धनकुटा । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटाका ईन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको सिधुवा बजार नजिकबाट आईतबार राति प्रहरीले जिल्ला ईन्चार्ज आकाश शर्मा र जिल्ला कमिटि सदस्य राजन भनिने यामप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

नेकपाका धनकुटा ईन्चार्ज शर्मा (वाँया) र जिल्ला सदस्य अधिकारी (दाँया) ।

निर्वाचन बिरोधी गतिबिधी गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।

निर्वाचन बिरोधी गतिविधी गर्दै आएको आरोपमा प्रहरीले बिभिन्न जिल्लाबाट नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!