बागलुङमा ठूलो परिमाणको लागुऔषधसहित एकजना पक्राउ
पोखरा। पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिमाणमा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।
लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो ।
भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान...
