नारायणगढ। मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा शनिबार अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका ईञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो ।

Advertisement

 पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताए । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उनले बताए ।

सोही ठाउँमा गत महीना पहिरो खस्दा ३४ घण्टा सडक अवरुद्ध भएको थियो । सोही सडकको जलविरेमा शुक्रबार बिहान पहिरो खस्दा तीनघण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ ।

सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएका ठाउँमा पटकपटक पहिरो खसेपछि यो सडक हुँदै आवतजावत गर्ने यात्रुले दुःख पाउँदै आएका छन् । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!