महालक्ष्मी नगर कार्यपालिकाको बैठक: चार नियमावली पारित, छ समिति निर्माण

महालक्ष्मी नगर कार्यपालिकाको बैठक: चार नियमावली पारित, छ समिति निर्माण

धनकुटा, १० साउन । धनकुटाको महालक्ष्मी नगर कार्यपालिकाको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले चार वटा नियमावली तथा कार्यविधि पारित गरेको छ । त्यस्तै कार्य सञ्चालनका लागि छ वटा समिति निर्माण गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आदेश र अधिकार प्रमाणिकरण कार्यविधि नियमावली, कार्य बिभाजन नियमावली, कार्य सम्पादन नियमावली र बैठक सञ्चालन क...
छ वर्षपछि मामा मारेको अभियोगमा भान्जा पक्राउ

छ वर्षपछि मामा मारेको अभियोगमा भान्जा पक्राउ

चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ गते कालीञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे...
सप्तरीका अस्पतालमा रेबिज सुई अभाव,उपभोक्ता दोब्बर मूल्यमा किन्न बाध्य

सप्तरीका अस्पतालमा रेबिज सुई अभाव,उपभोक्ता दोब्बर मूल्यमा किन्न बाध्य

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ ।  अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ । एक मात्र सरकारी अस्पतालमा सहुलियत दरमा पाइने रेबिज सुई एक हप्तादेखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामी र कुरुवालाई समेत समस्या हुने गरेको बताइएको छ । अस्पतालमा निःशुल्क ...
भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान

भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान

पोखरा। जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ । भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए । बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा ...
एक वर्षमा २९ वस्तुले पाए गुणस्तर प्रमाण चिह्न

एक वर्षमा २९ वस्तुले पाए गुणस्तर प्रमाण चिह्न

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७३/०७४ मा २९ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको छ ।  विभागबाट नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने प्रमुख कम्पनीमा नेपाल ग्यास, मनोज ग्यास, शालिमार स्टील, किसान पाइप उत्पादन प्रालि, इण्टनेशनल सिमेन्ट, काठमाडौँ स्टील, ॐ गणपति इण्डट्रिज प्रालिलगायत छन् । विभागका प्रवक्ता रोमी मानन्धरले प्रक्रिया पुर्‍याएर ल्याइएका कम्पनीबाट ...
तारापुर शिविरका बासिन्दा बिरामी, उपचारमा समस्या

तारापुर शिविरका बासिन्दा बिरामी, उपचारमा समस्या

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको तारापुर शिविरका अधिकांश व्यक्ति बिरामी परेका छन् ।१३० परिवारका ७० जना बढी व्यक्ति बिरामी परेका हुन् । शिविरमा रहेका बालबालिका, महिला र ज्येष्ठ नागरिकलगायतका बिरामीमा एक साता अघिदेखि झाडापखाला, ज्वरो, जोर्नी दुख्ने, बान्ता हुने, शरीर चिलाउने, ठूल्ठूला फोका उठनेजस्ता लक्षण देखिएकोे शिविरका नरिभान ढुङ्गेलले बताए । “शिविरमा बालबालिका, महिला र ज्येष्ठ नागरि...
आंगिक प्राध्यापक करारको माग गर्दै रिले अनशनमा

आंगिक प्राध्यापक करारको माग गर्दै रिले अनशनमा

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंगिक प्राध्यापकले करारको माग गदै मंगलबारदेखि रिले अनशन शुरु गरेका छन् । कम्तीमा एक शैक्षिक सत्र पढाएका आंगिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गदै रिले अनशन शुरु गरिएको आंगिक प्राध्यापक संघका सदस्य घमराज लुइँटेलले बताए । आंगिक प्राध्यापकले उपकुलपतिको कार्यालय अगाडि मंगलबार बिहान ८ बजेदेखि अनशन शुरु गरेका हुन् । लुइँटेलका अनुसार साउन २२ गतेसम्म अनशन...
नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म

नमूना बन्यो बगरमा पसिना बगाउने मल्लको कृषि फार्म

म्याग्दी । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने योजना सुनाउँदा धेरैलाई पत्यार लागेको थिएन । तर अहिले मल्लले त्यही बगरको झाडीमा कृषि फार्म मात्रै खोलेका छैनन्, नौ वर्षको अवधिमा उनी त्यसलाई नमूना क...
कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैनः गौतम

कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैनः गौतम

नेपालगञ्ज।   नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् । प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्पmबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै उनले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्पmत असफल बनाएको उल्लेख गरे...
बस्ती र विद्यालय पहिरोको जोखिममा

बस्ती र विद्यालय पहिरोको जोखिममा

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाको मनेवापाटा बस्ती र बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा छन् । मध्यपहाडी पुष्पलाल लोकमार्गको माथिबाट खसेको पहिरोले जोखिम निम्त्याएको हो । गत फागुनमा सोही स्थानमा सुक्खा पहिरो जाँदा दरमखोला थुनिएको थियो । वर्षा लागेपछि पहिरोको कटान झन बढ्दै जाँदा माथि रहेको बस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था देखिएको छ । पहिरोका कारण आठ घर र नजिकैको विद्यालयमा असर ...
हतियार प्रहारबाट गम्भीर घाइते

हतियार प्रहारबाट गम्भीर घाइते

महोत्तरी । गए राति सुतिरहेका बेला अपरिचित व्यक्तिले धरिलो हतियार प्रहार गर्दा गौशाला नगरपालिका– ५ शिवभक्तिखोरकी २५ वर्षीया रीतादेवी गिरी गम्भीर घाइते भएकी छन् । घाँटी, पाखुरा र पिँठ्यमा गहिरो चोट लागेकी रीताको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । चार सन्तानकी आमा रीतका श्रीमान् रामजीवन आठ महि...
पीडा लुकाउन छाडे महिला

पीडा लुकाउन छाडे महिला

पाल्पा । रोगले भित्रभित्रै गाँज्दै बाँचेका महिला हिजोआज आफ्ना समस्याबारे सम्बद्ध व्यक्तिसमक्ष राख्नसक्ने भएका छन् । वर्षौँदेखि रोगसंग लडिरहेका पाल्पाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने क्रम बढदो छ । आफूभित्रका समस्या सधैँ आँशु र पीडामा सीमित राख्ने यहाँका महिला समयको परिवर्तनसंगै स्वास्थ्य संस्थामा आफ्ना समस्या राख्नुका साथै उपचार र सल्लाह लिन पुग्ने गरेका हुन् । श्रीमान्...
कान्छी श्रीमतीद्वारा पतिको हत्या, दुई पक्राउ

कान्छी श्रीमतीद्वारा पतिको हत्या, दुई पक्राउ

लहान । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ निवासी ५५ वर्षीय रामचरित्र...
स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा तीनजना र भदौ महिनामा एकजनाको स्क्रब टाइफसका कारण मृत्यु भएको उहाँले बताउनु...
अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

महेन्द्रनगर।  युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफ रहेको जिल्ल...
वैदेशिक रोजगारीले निम्त्याएको पीडा

वैदेशिक रोजगारीले निम्त्याएको पीडा

रोल्पा । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बसेका छन् । विवाहपछि स–परिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन थालेपछि नेपाल फर्किएको मनकुमारी बताउाछिन् । नेपाल फर्किएपछि मनकुमारी बच्चा...
नाकाबाट २४ जना महिलाको उद्धार

नाकाबाट २४ जना महिलाको उद्धार

बर्दिया। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भन्न...
सडक निर्माणको दुःख – १२ किलोमिटरमा १३ सय अवरोध !

सडक निर्माणको दुःख – १२ किलोमिटरमा १३ सय अवरोध !

काठमाडौं । साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ । अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको हो । सहरी विकासमन्त्री प्रभु साहसहितको टोली सोमबार त्रिपुरेश्वरबाट नागढुंगासम्म अनुगमन ग...
काँग्रेसद्वारा निर्वाचनमा विद्रोह गर्ने बीस बढी सदस्यलाई कारबाही

काँग्रेसद्वारा निर्वाचनमा विद्रोह गर्ने बीस बढी सदस्यलाई कारबाही

दाङ । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ । जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भू...
दुर्घटना भएको हेलिकप्टरको पार्टपुर्जा काठमाडौँमा

दुर्घटना भएको हेलिकप्टरको पार्टपुर्जा काठमाडौँमा

रसुवा । जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ पु¥याइएको छ । मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो । छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भए...
विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय : प्रम

विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय : प्रम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताएका छन् । सो विश्वविद्यालयका आठौँ सभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ...
यु–१९ विश्वकप छनौटमा नेपाल बिजयी, मलेसिया ५ विकेटले पराजित

यु–१९ विश्वकप छनौटमा नेपाल बिजयी, मलेसिया ५ विकेटले पराजित

काठमाडौ। आइसीसी यू १९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गरेको छ । नेपालका लागि रोहित कुमार पौडेलले ३४ रन बनाए भने ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए । नेपालले १० ओभरमा ३६ रन बनाउँदा महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । टस हारेर ब्याटिङ गरेको मलेसि...
गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए

गोही प्रजनन् केन्द्रमा न्यून बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा गोहीको अण्डाबाट न्यून मात्रामा बच्चा कोरलिएका छन् । नदी किनारबाट संकलन गरिएका अण्डाबाट भने तुलनात्मक रुपमा राम्रो संख्यामा बच्चा कोरलिएका छन् । प्रजनन् केन्द्र हेर्दै आउनु भएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार प्रजनन् केन्द्रका ३४३ वटा अण्डाबाट सातवटा बच्चा मात्रै कोरलिएका हुन् । प्रजनन् केन्द्रमा रहेका...
बागलुङमा जीप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते

बाग्लुङ।  बागलुङको बडीगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । जलजलादेखि ग्वालीचौर झर्दै गरेको ध १ज १८४ नम्बरको जिप सडकबाट करिब आठ सय मिटर तल खसेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जानकारी दिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले तत्काल हेलिकप्टर पठाउन गृहमन्त्रालयमा आग्रह गरिएको पाइजाले बताए । ‘सडकदेखि आ...
नेपालमा चिनियाँ इन्टरनेट भदौदेखि संचालनमा आउने

नेपालमा चिनियाँ इन्टरनेट भदौदेखि संचालनमा आउने

काठमाडौँ। मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ। नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो। नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ ...
तराई मधेस खानेपानी आयोजना अलपत्र

तराई मधेस खानेपानी आयोजना अलपत्र

नवलपरासी । तराई मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत नवलपरासीमा परेका आयोजनाहरु अलपत्र परेका छन् । तराईवासीलाई आर्सेनिकमुक्त खानेपानी वितरण गर्न खानेपानी तथा ढल निकास विभागबाट सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत नवलपरासीमा पाँचवटा खानेपानी आयोजना निर्माणका क्रममा रहेको छ । परासी क्षेत्रको सरावल गाउँपालिकाको तिलकपुर र बडसारेमा गरी दुईवटा आयोजना, बर्दघाट, सुनवल र सुस्ता गाउँपालिकामा एउटा आयोजना निर्म...
दशैंमा मेलम्चीको पानी आउने सम्भावना कायमै

दशैंमा मेलम्चीको पानी आउने सम्भावना कायमै

काठमाडौं। आगामी दशैंसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले बताएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दशैंसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको हो ।  निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसक...
बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ

बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने तीन पक्राउ

सप्तरी । आफ्नै बुबासँग अपहरणको नाटक गरी फिरौती माग गर्ने छोरासहित तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत–८ कुनौलीका गोसाइ मण्डलको २२ वर्षीय छोरा देवचन्द्रकुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई सप्तरी आएर आफ्नै बुबासँग फिरौतीको माग गर्न लगाएकाले सहयोगीसहित उनलाई पक्राउ ...
तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत

तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठक सकिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए । उनले भने, “स्थानीय तहका दुई चरणका निर्वाचनपछि त्यसको समीक्षाका साथै अन्य समसामयिक विषयमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सो बैठकमा व्यस्त हुनु परेको हो, बैठक सकिए लगत्तै मन्त्र...
ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भारतबाट दर्शनार्थी बोकी आएको ना५त ३६३० नंको ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो । पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर...
महिला स्वयंसेविकालाई सांसद कोषबाट साइकल

महिला स्वयंसेविकालाई सांसद कोषबाट साइकल

कञ्चनपुर।  कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु तीन लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गरेको हो ।   बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाल...
error: Content is protected !!